हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले बुझायो पाकिस्तानी राजदूतावासमा ज्ञापनपत्र

काठमाडौं, १७ वैशाख । काश्मिरमा आतंककारीले २६ जनाको हत्या गरेकोमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ज्ञापनपत्र बुझाएको छ । बुधबार बुझाएको ज्ञापनपत्रमा पाकिस्तानबाट आएका आतंकवादीहरुले निहत्था हिन्दू पर्यटकहरुलाई मार्ने प्रवृत्ति निन्दनीय कार्य भएको उल्लेख छ ।
अभियानका महासचिव देवेश झाबाट हस्ताक्षरित ज्ञापनपत्रमा पाकिस्तानको घटनामा संलग्नता नरहेको भन्न नसकिने उल्लेख छ । घटनामा नेपाली नागरिक सुदीप न्यौपाने समेत मारिएको भन्दै आतंकवादीलाई प्रश्रय नदिन माग गरिएको छ ।