आन्दोलन स्थगन गरी काममा फर्कने भए शिक्षक

काठमाडौं, १७ वैशाख । शिक्षकहरु आन्दोलन स्थगनको निर्णयमा पुगेका छन् । उनीहरुले सरकारसँग ९ बुँदे सहमति गरेर काममा फर्कने भएका हुन् ।
सरकार र आन्दोलनरत शिक्षकबीच ९ बुँदे सहमति बनेको छ । बुधबार भएको सहमतिमा स्वास्थ्योपचारका लागि निजामती अस्पतालमा सहुलियत उपलब्ध गराउने, अस्थायी प्रकृतिका शिक्षकको सेवासुविधा, ग्रेड सुविधान, मर्यादाक्रम सूचीलगायतका विषय छन् ।
शिक्षकहरु झण्डै एक महिनायता राजधानी केन्द्रित आन्दोलनमा थिए । उनीहरुको आन्दोलनमा झडप समेत भएको थियो ।