१५ बैशाख २०८२, सोमबार | April 28, 2025

काँग्रेसमा देउवा आजीवन सभापति रहनसक्ने


2.6k
Shares

काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेसको विधान अनुसार दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति सभापति बन्न पाउँदैनन् । विधान अनुसार सभापति शेरबहादुर देउवाको कार्यकाल सकिदैछ । अब उनी फेरि सभापति बन्न पाउँदैनन् ।

देउवाले महाधिवेशन सार्ने निश्चित जस्तै छ । उनी २०८४ को चुनावमा पनि सभापति बन्न चाहन्छन् । यसका लागि विधान संशोधन गर्नुपर्ने हुन्छ ।

काँग्रेसमा देउवाले सभापतिको कार्यकाल असिमिति बनाउने रणनीति बनाएका छन् । उनीनिकटस्थका अनुसार देउवा नै फेरि सभापति बन्ने अवस्था आउँछ । देउवाले सार्वजनिक रुपमा आफूले सभापति नछाड्ने भनी जिस्किएर बोलेका पनि थिए ।

देउवाको उत्तराधिकारी बन्न उनी पक्षधरका प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का दौडमा छन् । सशांक कोइरालाको पनि यही चाहना हो । गगन थापाले पनि देउवापछिको सभापतिका रुपमा आफूलाई उभ्याएका छन् । डा. शेखर कोइराला संस्थापनइतरबाट सभापतिको दाबेदार छन् ।

देउवाबाहेकका सभापतिका धेरै दाबेदार हुँदा उनीहरुको बेमेलको फाइदा लिन सक्छन् । यसका लागि उनले विधान नै संशोधन गरेर बढ्ने सम्भावना पनि छ । पार्टीको केन्द्रीय कमिटि र महासमितिमा देउवाको बलियो पकड छ । उनलाई चुनौती दिन हस्ती नेताहरु मिल्नुपर्ने हुन्छ । तर, उनीहरु मिल्ने सम्भावना नदेखिदा देउवाले बाजी मार्न सक्छन् ।

प्रतिक्रिया