शिक्षक आन्दोलनमा हिंसा

काठमाडौं, १४ वैशाख । शिक्षक आन्दोलन हिंसात्मक बन्दा दर्जनौं घाइते भएका छन् । आइतबार शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो । यस क्रममा पत्रकारसहित २६ जना घाइते भएका छन् ।
शिक्षकलाई रोक्न प्रहरीले पानीको फोहरा र लाठी चार्ज गरेको थियो । घटनामा ५ जना प्रहरी पनि घाइते भएको जनाइएको छ ।
२० चैत्रबाट शिक्षकहरु राजधानी केन्द्रित आन्दोलनमा छन् । उनीहरुले नयाँ शिक्षा ऐन कार्यान्वयनको माग गर्दै आन्दोलन गरिरहेका छन् ।