१३ बैशाख २०८२, शनिबार | April 27, 2025

आतंकवादलाई सघाएको भन्दै पाकिस्तानी दूतावासअगाडि प्रदर्शन


747
Shares

काठमाडौं, १३ वैशाख । पाकिस्तानले आतंकवादलाई सघाएको भन्दै काठमाडौंस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको छ । शनिबार भएको प्रदर्शनमा आतंकवादविरोधी नारा लागेका थिए ।

नेपाली युवा सुदिप न्यौपानेको तस्बिरसहित पुगेका युवाहरुले आतंकवादको अन्तका लागि भूमिका खेल्न पाकिस्तानसँग माग पनि गरे । पाकिस्तानले आतंकवादलाई सघाएको विषय आइरहँदा काठमाडौंमा समेत प्रदर्शन भएको हो । प्रदर्शनकारीले पाकिस्तानमा समेत हिन्दूको सुरक्षाको माग गरेका छन् ।

काश्मिरको पलगाममा नेपाली युवा सुदीपसहित २८ जना मारिएको घटनापछि नेपालमा पनि आक्रोश बढेको छ । हिन्दूको सुरक्षाको प्रश्न उठेको विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया