११ बैशाख २०८२, बिहिबार | April 24, 2025

काठमाडौं टावरमा अरबौं भ्रष्टाचार भएको बालेनको खुलासा


581
Shares

काठमाडौं, ११ वैशाख । स्वीकृति १२ तल्लाको अनि फेरि थपेर १९ तल्ला । काठमाडौं टावरको कहानी हो यो । काठमाडौं उपत्यका विकास प्राधिकरणले २०७२ मा १२ तल्लाभन्दा माथि नथप्ने गरी अनुमति दिएकोमा ७ तल्ला बढाएर नक्शा पास गरियो । यसमा अरबौंको भ्रष्टाचार खुलेको छ त्यो पनि वर्तमान मेयर बालेन साहबाट ।

बालेनले ठकेदारलाई अरबौंको लाभ र महानगरलाई एक अर्बभन्दा बढी आर्थिक क्षति हुने गरी टावर निर्माण प्रक्रियामा नीतिगत भ्रष्टाचार गरिएको खुलाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले १२ तल्लालाई १९ तल्ला बनाउँदा थप ७ तल्लामा वार्षिक २३ करोडभन्दा बढी भाडा आउनुपर्नेमा सम्झौता अनुसार ३ करोड मात्र पाउने गरिएको उल्लेख गरेका छन् । यसबाट वार्षिक २० करोड नोक्शान गराइएको बालेनको भनाई छ ।

नक्शापास प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गम्भीर त्रुटि गरेको समेत उल्लेख गरेका छन् ।

बालेनले भ्रष्टाचारको खुलासा गरेकै दिन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्टन्टको आरोप लगाएकी छिन् । उनले एमालेको युवा शक्ति प्रदर्शनमा बोल्दै बालेनमाथि स्टन्ट मात्र गरेको आरोप लगाएकी हुन् ।

प्रतिक्रिया