८ बैशाख २०८२, सोमबार | April 21, 2025

राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरु पक्राउ परेको केही घण्टामै रिहा


664
Shares

काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु पक्राउ परेको केही घण्टामै रिहा भएका छन् । सिंहदरबार र बानेश्वरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीहरु आइतबार दिउँसो पक्राउ परेकामा रिहा भएका हुन् ।

पक्राउ परी रिहा भएकामा राजेन्द्र लिङ्देन, बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, कैलाश कटुवाल, सरोज क्षेत्री, अमर आर्य छन् ।

राप्रपाले राजसंस्था पुनःस्थापनको माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा उसले निषेधित क्षेत्र नै तोडेको थियो ।

प्रतिक्रिया