६ बैशाख २०८२, शनिबार | April 19, 2025

पोखरा विमानस्थलको १० अर्ब भ्रष्टाचारमा प्रदीप अधिकारीको समूहमा को को


2.2k
Shares

काठमाडौं, ५ वैशाख । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सुरु देखिकै हर्ताकर्ता थिए प्रदीप अधिकारी । उनी आयोजना प्रमुखका रुपमा रहेर ठूलो धन थुपारे । त्यही धन खर्चिएर नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बने । नेपाली पेनले प्रदीपले आर्जन गरेको धन र त्यो धन लुकाएको वृत्तान्त खुलासा गरेको थियो ।

अहिले सार्वजनिक लेखा समितिले उपसमिति नै बनाएर १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । यो भ्रष्टाचारमा आयोजनासँग जोडिएका कर्मचारी र प्राधिकरणका हर्ताकर्ता पनि छन् ।

नेपाली पेनले अधिकारीले भ्रष्टाचार गर्न र रकम लुकाउन समेतमा अमेरिकाको डीभीधारी अर्जुन खड्का र ठेकेदार प्रकाश ढकाललाई सक्रिय बनाएका थिए । ठेकेदार ढकालले अधिकारीको विश्वासपात्र भएर ठेक्कापट्टा हात पार्ने र चाहेको निर्माण कम्पनीलाई योजनावद्ध तरिकाले ठेक्का दिलाउने गरे । यो गिरोहले अरबौं भ्रष्टाचार गरेर गोप्य तरिकाले रकम देशभित्र र बाहिर व्यवस्थापन गरेको तथ्य पत्ता लागेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे अध्ययन गर्न गठित संसदीय छानविन उपसमितिले विमानस्थल निर्माणमा संलग्न अधिकारीसहितलाई अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिनुपर्ने प्रस्ताव गरेको छ । उनीहरुलाई निलम्बन गर्न पनि भनेको छ ।

२०७१ देखि २०७४ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख रहेका अधिकारी नै अनियमिततका मुख्य हर्ताकर्ता थिए । त्यहीं आर्जन गरेको अकूत सम्पत्तिको हिस्सा शक्ति केन्द्रमा पुर्याएर उनी क्यानका महानिर्देशक बनेका थिए ।

संसदीय उपसमितिले क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतम र राजन पोखरेलमाथि पनि अनुसन्धान हुनुपर्ने भनेको छ । पोखरा विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, इञ्जिनियर प्रविन न्यौपाने, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल, प्राधिकरणका निर्देशक बाबुराम पौडेलमाथि पनि अनुसन्धानको सिफारिश गरेको छ ।

संसदीय समितिले गठन गरेको छानविन उपसमितिले कुल लागत साँढे ६ करोड बढाएर ठेक्का स्वीकृत गर्दा नै अनियमितता भएको निष्कर्ष निकालेको छ । मूल सम्झौताविपरित कर छुट दिन नयाँ सम्झौता गरी २ अर्ब २२ करोड अनियमितता गरेको, रनवे, ट्याक्सी वे, एप्रन, बाँध, नाली भर्न ६० करोडभन्दा बढी भुक्तानी गरी काम नगरेको, ठेक्का पाएकै कम्पनीबाट छिनेडाँडा कटान गर्नुपर्नेमा अर्कै कम्पनीलाई ३२ करोड भुक्तानी गरेको उपसमितिले उल्लेख गरेको छ । यस्ता धेरै भ्रष्टाचार प्रदीप अधिकारीको समूहबाट भएको खुलाएको छ ।

क्यानका महानिर्देशक प्रदीप अधिकारीले भ्रष्टाचार गरेको निष्कर्ष, संसदीय समितिबाट निलम्बनको सिफारिश

विकल पौडेल पथमा क्यानका प्रदीप अधिकारी

क्यानका प्रदीप अधिकारीका विचौलिया अर्जुन खड्का को हुन्

क्यानका प्रदीप अधिकारीले भ्रष्टाचार गरेको लेखा समितिको निष्कर्ष

प्रदीप अधिकारीलाई क्यानबाट हटाउने तयारी

प्रतिक्रिया