क्यानका महानिर्देशक प्रदीप अधिकारीले भ्रष्टाचार गरेको निष्कर्ष, संसदीय समितिबाट निलम्बनको सिफारिश

काठमाडौं, ४ वैशाख । नेपालको इतिहासमा नागरिक उड्डयनका क्षेत्रमा सबैभन्दा ठूलो भ्रष्टाचार छताछुल्ल भइरहेको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी यो काण्डका नाइके हुन् । उनले अरबौंको भ्रष्टाचार गरेको तथ्यहरु नेपाली पेनले सार्वजनिक गर्दै आएको छ ।
अधिकारीले विमानस्थल निर्माणमा ठूलो भ्रष्टाचार गरेका छन् । उनले अकूत सम्पत्ति लुकाउन आफ्ना विश्वासपात्रहरुलाई परिचालित गरेको तथ्य पनि नेपाली पेनले सार्वजनिक गर्दै आएको छ । त्यसका लागि अमेरिकाको डीभीधारी अर्जुन खड्का संलग्न छन् । अर्का पात्र हुन् प्रकाश ढकाल । ठेकेदार ढकालले अधिकारीको विश्वासपात्र भएर ठेक्कापट्टा हात पार्ने र चाहेको निर्माण कम्पनीलाई योजनावद्ध तरिकाले ठेक्का दिलाउने गर्छन् ।
पोखरा विमानस्थल निर्माणमा प्रदीप अधिकारीले ठूलै भ्रष्टाचार गरेका छन् । संसदीय छानविन समितिले पनि यसबारे उल्लेख गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे अध्ययन गर्न गठिन संसदीय छानविन उपसमितिले विमानस्थल निर्माणमा संलग्न अधिकारीसहितलाई अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिनुपर्ने प्रस्ताव गरेको छ । उनीहरुलाई निलम्बन गर्न पनि भनेको छ ।
२०७१ देखि २०७४ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख रहेका अधिकारी नै अनियमिततका मुख्य हर्ताकर्ता थिए । त्यहीं आर्जन गरेको अकूत सम्पत्तिको हिस्सा शक्ति केन्द्रमा पुर्याएर उनी क्यानका महानिर्देशक बनेका थिए ।
संसदीय उपसमितिले क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतम र राजन पोखरेलमाथि पनि अनुसन्धान हुनुपर्ने भनेको छ । पोखरा विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, इञ्जिनियर प्रविन न्यौपाने, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल, प्राधिकरणका निर्देशक बाबुराम पौडेलमाथि पनि अनुसन्धानको सिफारिश गरेको छ ।
अधिकारी संलग्न पोखरा विमानस्थल मात्र नभएर अन्य निर्माणमा पनि ठूलो भ्रष्टाचार भएको छ । अरबौंको घोटाला भएको घटना छताछुल्ल भइसक्दा पनि अधिकारी शक्तिकेन्द्र मिलाएर कारबाहीबाट जोगिन सक्रिय भइरहेका छन् ।
विकल पौडेल पथमा क्यानका प्रदीप अधिकारी
क्यानका प्रदीप अधिकारीका विचौलिया अर्जुन खड्का को हुन्
क्यानका प्रदीप अधिकारीले भ्रष्टाचार गरेको लेखा समितिको निष्कर्ष