विक्रम संवत्ः विश्वको एकमात्र देश नेपालले प्रयोग गर्ने क्यालेन्डर

काठमाडौं, १ वैशाख । विक्रम संवत् २०८२ प्रारम्भ भएको छ । यसको पृथक महत्व र महिमा छ । इस्वी संवत् भन्दा ५७ वर्षले अगाडि छ यो संवत् । विक्रम संवत् तिथिमा आधारित हुन्छ । चन्द्रसुर्य क्यालेन्डरका रुपमा यसको पहिचान छ ।
उज्जैनका राजा विक्रमादित्यले यो संवत्को प्रारम्भ गरेका हुन् । हिन्दूको क्यालेन्डरका रुपमा यो प्रशिद्ध छ । बुद्ध र जैन धर्मालम्बीले पनि यसको प्रयोग गर्दछन् । पस्तुनले पनि यसको प्रयोग गर्छन् ।
नेपालले विक्रम संवत् लाई औपचारिक क्यालेन्डर मानेको छ । भारतका कतिपय राज्यमा पनि यसको अभ्यास छ । हिन्दू धर्मालम्बी रहेको देशहरु इन्डोनेशिया, मौरिसस, फिजी, श्रीलंकालगायत देशका कतिपय स्थानमा यसको प्रयोग हुन्छ ।