२ बैशाख २०८२, मंगलबार | April 15, 2025

नयाँ वर्ष २०८२


249
Shares

काठमाडौं, १ वैशाख । नयाँ वर्ष २०८२ प्रारम्भ भएको छ । विक्रम संवत् २०८२ को शुभारम्भमा शुभकामना आदानप्रदान चलिरहेको छ ।

नेपालले मात्र औपचारिक क्यालेन्डर मानेको विक्रम संवत् भारतलगायत विभिन्न हिन्दूबाहुल्य देशहरुमा प्रचलनमा छ । बुद्ध र जैन धर्मालम्बीले पनि यसको अभ्यास गर्दै आएका छन् ।

२०८२ नेपाली र विश्वभरका हिन्दूहरुले खुशी साटेर र शुभकामना दिएर मनाइरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न दलका नेता देखि पूर्वराजा ज्ञानेन्द्र शाह सम्मले नयाँ वर्षको शुभकामना दिएका छन् ।

नेपाली पेन डट कम पाठकवर्ग तथा शुभेच्छुकहरुमा २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । यो साल सबैको शुभ होस् ।

प्रतिक्रिया