दरबार हत्याकाण्ड हुँदाका आइजीपी प्रदीप शमशेर राणाको अन्तिम बिदाई

काठमाडौं, ३१ चैत्र । पूर्वआइजीपी प्रदशीप शमशेर राणा अब यो सँसारमा रहेनन् । ७८ वर्षको उमेरमा शनिबार निधन भएका राणाको दाहसंस्कार आइतबार भएको छ । उनी चर्चित पूर्वआइजीपीमध्येमा पर्छन् ।
नेपालको इतिहासका महत्वपूर्ण घटना दरबार हत्याकाण्डका बेला आइजीपी थिए राणा । यसकारण पनि उनी चर्चामा रहे । २०५८ जेठ १९ को त्यो घटना सबैभन्दा पहिले थाहापाउनेमा सुरक्षा प्रमुखहरु नै थिए । सेनाप्रमुख थिए प्रज्ववल शमशेर राणा र प्रहरी प्रमुख थिए प्रदीप शमशेर राणा । त्यतिबेला सशस्त्र प्रहरी बल स्थापना भइसकेको थिए ।
दरबार हत्याकाण्डको सूचना चाँडै थाहापाउनेमा राणाद्वय नै थिए । यो घटनाका रहस्यहरु अझै लुकेका छन् ।
प्रदीप शमशेर प्रहरी प्रमुख भएकै समयमा सशस्त्र प्रहरी बल स्थापना भएको थियो । उनका छोरा दीप शमशेर राणा पनि प्रहरीमा छन् । उनी एसएसपी भइसके ।