१ बैशाख २०८२, सोमबार | April 14, 2025

अमेरिकासँग कसैले थाहानपाउने हतियार रहेको ट्रम्पको दाबी


332
Shares

एजेन्सी, २८ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रसँग कसैले थाहानपाउने हतियार रहेको दाबी गरेका छन् । ओभल अफिसमा पत्रकारसँग कुराकानी गर्दै उनले अमेरिका धेरै बलियो रहेको र कसैले थाहानपाउने शक्तिशाली हतियार रहेको समेत बताए ।

उनले भने, ‘मानिसहरुले सोचेको भन्दा अमेरिका धेरै धेरै बलियो छ, कसैले थाहानपाउने शक्तिशाली हतियार हामीसँग छ ।’ उनले विश्वका अन्य देश हतियारको शक्तिमा अमेरिकाको छेउछाउ पनि पुग्न नसक्ने बताए ।

ट्रम्पले अमेरिकासँग शक्तिशाली हतियार रहेको दाबी गर्दै विश्वका कतिपय देशलाई चेतावनी दिने गरेका छन् । उनले इरानमाथि हमला गर्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया