५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

दुर्गा प्रसाईँले भनेः म भाग्न जन्मेको होइन, नेपालमै कतै छु


581
Shares

काठमाडौं, २७ चैत्र । तीनकुने घटनापछि फरार राजावादी नेता दुर्गा प्रसाईँले पहिलोपटक सामाजिक सञ्जालमार्फत् सन्देश दिएका छन् । उनले आफू देशभित्रै रहेको र नभागेको बताएका छन् ।

तीनकुने घटनापछि आफू नभागेको तर जोगिएको बताए । आफ्नो ज्यान लिने प्रयास भएको दाबी गर्दै भिडियो मार्फत् प्रसाईँले मानवअधिकारवादीको रहोबरमा सार्वजनिक हुने समेत बताए ।

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र आन्दोलनकारी सविन महर्जनको परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा समेत गरे ।

प्रतिक्रिया