ट्रम्पको कडा करले विश्व अर्थतन्त्रमा तरंग

एजेन्सी, २७ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा कर नीति लागू गरेपछि विश्व अर्थतन्त्र तरंगित भएको छ । अमेरिकामा आयातकर १०० प्रतिशतभन्दा बढी लगाएसँगै विश्वको अर्थतन्त्रमा ठूलो असर परेको हो ।
सोमबार कालो दिन कै रुपमा दर्ज भयो शेयर बजारमा । एशियाको शेयर बजार दश वर्षयताकै ह्वात्तै घट्यो । लगानीकर्ताहरुलाई धक्का पर्यो ।
ट्रम्पको नीतिले विश्वका कतिपय देशको आर्थिक वृद्धिको दरमा असर परिसकेको छ । चीन सबैभन्दा बढी प्रभावित भएको छ ।
अमेरिकामा लगानीकर्तालाई फर्काउने गरी ट्रम्पले कर वृद्धि गरे । उनले विश्वका ठूला नेताहरु आफ्नो नितम्बलाई चुम्बन गर्ने अवस्थामा पुगेको भनिसके ।
ट्रम्पले आफ्नो नीतिको बचाऊ गर्दै आफूले जे गरेको त्यो अमेरिकाको हितका लागि गरेको भनिसके ।