२९ चैत्र २०८१, शनिबार | April 12, 2025

राप्रपाको आमसभामा कति आए


1.1k
Shares

काठमाडौं, २६ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आमसभा आयोजना गरेको छ । राजसंस्था फर्काउने आन्दोलनमा होमिएको राप्रपाको सभामा चार हजार जति पुगेको बुझिएको छ ।

सुरक्षा निकाय स्रोतले चार हजारभन्दा कम सहभागी भएका छन् । सहभागीको संख्या पाँच हजारसम्म हुने आँकलन पनि गरिएको छ ।

राप्रपाको आमसभामा हिंसा हुने भयले पनि कतिपय गएनन् । १५ गतेको राजावादीको आन्दोलनमा दुईजनाको ज्यान जानेगरी हिंसा भएपछि त्रास उत्पन्न भएको थियो । यसकारण पनि राप्रपाको आमसभामा असर गर्यो ।

यसैगरी, राप्रपाको आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, प्रभावशाली नेताहरु पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया