२९ चैत्र २०८१, शनिबार | April 13, 2025

गभर्नर पदले एमाले-काँग्रेस विवाद


415
Shares

काठमाडौं, २६ चैत्र । सत्तारुढ नेकपा एमाले र नेपाली काँग्रेसबीच गभर्नर पदले विवाद बढेको छ । महाप्रसाद अधिकारीको कार्यकाल शुक्रबार सकिएपछि नेपाल राष्ट्र बैंक कायममुकायमको भरमा चलिरहेको छ ।

अर्थमन्त्रालय एमालेका विष्णु पौडेलले चलाइरहेकाले आफूले छानेको व्यक्ति नै गभर्नर हुनुपर्ने अडान केपी शर्मा ओलीको छ । तर, काँग्रेसले यसअघि धीतोपत्र बोर्डमा एमालेको चाहना अनुसार सन्तोषनारायण श्रेष्ठलाई बनाउने निर्णय भइसकेकाले आफ्नो चाहनाको व्यक्तिमा अडान लिएको छ । काँग्रेसले नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई एमालेको चाहना अनुसार बनाएको विषय पनि उल्लेख गरेको बुझिएको छ ।

राष्ट्र बैंकको कायममुकायम गभर्नरमा निलम ढुंगाना छिन् । उनको पक्षमा एमाले उभिएको छ ।

काँग्रेसले ज्ञानेन्द्र ढुंगाना, डा.गुणाकर भट्ट, राजेन्द्रकिशोर क्षेत्री र रवीन्द्र पाण्डमध्ये एकलाई बनाउन खोजेको छ । यीमध्ये दुईलाई कुनै हालतमा नबनाउने ओलीको अडानले विवाद ल्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा चैत्र ११ मा गभर्नरको नाम सिफारिश गर्न समिति बनेको छ । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद डा. विश्व पौडेल सदस्य छन् ।

प्रतिक्रिया