२४ चैत्र २०८१, सोमबार | April 7, 2025

कहाँ छन् सहकारी ठगीका अभियुक्त जीबी राई ?


747
Shares

काठमाडौं, २५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै सहकारी ठगीमा जोडिएका जीबी राई फरार छन् । रवि र्पुपक्षका लागि कारागार चलान भएपनि जीबी फरार छन् । उनको खोजी भएको भनिएपनि कुन देशमा छन् यकिन छैन ।

राई कहिले मलेशिया त कहिले सिंगापुर रहेको हल्ला चल्यो । तर, अहिलेसम्म सरकारले खोजी सफल बनाउन सकेको छैन ।

इन्टरपोलले रेड कर्नर नोटिश जारी गरेपनि राईबारे पत्ता लाग्न सकेन । मलेशियाबाट ल्याउन खोजियो तर सफलता हासिल भएन ।

राई भानुआतुको नागरिक बनेको चर्चा पनि छ । दक्षिण प्रशान्त महासागरको देश भानुआतु कालो धनको स्वर्ग मानिन्छ । उक्त देशको नागरिक बन्न एक लाख ५५ हजार डलर तिरे पुग्छ । पैसा देशले नागरिकता लिन सकिने त्यस्ता देशको नागरिक बन्न ठूला अपराध गर्नेहरुको दौडधूप चल्ने गरेको छ ।

जीबी राईको राहदानी सरकारले रद्द गरेपनि उनी विदेश शयर गरिरहने सूचना सार्वजनिक भएको छ । उनले कुनै देशको नागरिकता लिएर राहदानी हासिल गरी ओहोरदोहोर गरिरहेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया