१८ चैत्र २०८१, मंगलबार | April 2, 2025

नेपालमा लागू भएका जेपी आन्दोलनका सूत्रहरू


1.8k
Shares

विपिन देवः वर्तमान नेपाली राजनीति तरल अवस्थामा देखिएको छ । भष्ट्राचार, विचौलीयातन्त्र, नातावाद र दलिय भागवण्डाका कारण मुलुक अतितलाई स्मरण गर्दै वर्तमान बेथितिबाट मुक्तिको खोजी गर्दै छ । अतित प्रेरणाको श्रोत मात्रै हो जसले सुनौलो भविष्यको लागि उत्प्रेरक (क्याटालिष्ट)को काम गर्दछ । कुनै पनि सभ्य समाजमा समाजिक र राजनैतिक विद्रोह र आन्दोलनले समाजको सपनालाई सिद्धिमा परिमार्जित गर्दछ । वर्तमान परिवेशमा जनविद्रोहका कारण संरचनाभन्दा सञ्चालकहरू दोषी देखिएको छ । जन-जनमा भइरहेको निराशाका कारण नेतृत्वपंक्ति रहेको छ । सडक आन्दोलनको माध्यमवाट चेतनाको लहरले गर्दा हरेक राजनैतिक दलहरूमा उत्तरदायित्व वोध भएका नेतृत्वको खोजी हुनेछ । यस अर्थमा आन्दोलन परिचालित गर्दा केहि राजनीतिमा प्रयोग गरिएको सिद्धान्तलाई आत्मसाथ गर्नु पर्ने हुन्छ । आन्दोलन परिचालन गर्दा साध्य र साधन विच तादम्यता निर्वाह गर्नु पर्दछ । यसै सन्र्दभमा जे.पी. आन्दोलनको सूत्रात्मक अध्ययन वर्तमान नेपाली राजनीतिमा उपयोगी हुन सक्दछ । नयॉ पुस्ताका लागि जे.पी.को नेपालसंगको सम्बन्ध बुभ्mन जरूरी देखिन्छ । जे.पी. (जयप्रकास नारायण) नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको नाम हो । सन् १९२१ देखि १९२९ सम्म अमेरिकी विश्व विद्यालयबाट शिक्षित र दिक्षित जयप्रकास नारायण सन् १९३० मा गान्धी नेतृत्वमा भइरहेको स्वतन्त्रता संग्रामका एक अदम्य वोध भएका नेता थिए । वि.पि. कोइरालासंग उनको परिवारिक सम्बन्ध रहेको थियो । उनका सहोदर भाई वि.पि.का सहपाठी भएका कारणले समेत गर्दा जेपी र वीपी विच निजि जीवनमा सौहद्रता र प्रगाढता थियो । सन् १९४२ ताका जेपीले हजारिवाग जेलको ५१ फिटको पर्खालबाट अदभूत पौरखका साथ जेलबाट भागेर नेपालबाट नै भारतीय स्वतन्त्रता संग्रामको संघर्षलाई दिशानिर्देश गरेका थिए ।

सप्तरी जिल्लाको हनुमान नगर जेलमा राणाहरू उनलाई बन्दी बनाउंदा पूरा भारत हाहाकार भएका थिए । प्रथम श्रेणीको नेतृत्व गण गान्धी, नेहरु, पटेल र डा. राजेन्द्र प्रसाद अंग्रेजको वन्दी हु‘दा “भारत छोड आन्दोलन” को नायक रूपमा जय प्रकास र डा. राम मनोहर लोहिया नै थिए । अद्भुत साहाशका साथ नेपाली काङ्ग्रेसका संस्थापक नेता रामेश्वर प्रसाद सिंहको योजनामा हनुमान नगर जेलबाट जे.पी. र डा. लोहियालाई नेपाली युवाहरू जेल तोडी मुक्त गराए । यी मुर्धन्य नेताहरू नेपालीहरूको सहयोग र सदभाव आत्मसाथ गर्दै नेपाली काङ्ग्रेसको राणा शासन विरुद्धको आन्दोलनमा तन, मन र धनबाट सहयोग गरे । वीपी जेपी र डा. लोहियालाई समाजवादकका सिद्धान्तकार र प्रयोग कर्ताको रूपमा लिइन्छ । नेपाली काङ्ग्रेसको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न, अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको नेताको रूपमा वि.पि.लाई स्थापित गर्न र वर्माबाट राणा विरोधी आन्दोलनको लागि हात(हतियार उपलब्ध गराउन जेपीको योगदानलाई इतिहासले उच्च मूल्याङ्कन गरेको देखिन्छ ।

नेपालको राजनीतिको सन्र्दभमा जेपीको सिद्धान्तको उपयोगीता आजको मौलिक प्रश्न हो । ६० को दशकमा जे.पी.लाई राजनीतिक दलहरू प्रति मोह भंग भयो । उनले सार्वजनिक रूपमा नै देशको सम्पूर्ण वेथिति, भष्ट्राचार र कुशासनको गंगोत्रीको रूपमा राजनीतिक दलहरू रहेको कुरा घोषणा गरेका थिए । अर्थात् देशको राजनीतिलाई प्रशोधित गर्न वा गंगाको पानीलाई सफा गर्न गंगोत्री नै सफा गर्नु पर्दछ । आर्थत् राजनीतिक दलहरूमा रहेका कशिंगरहरूलाई सफा गर्नु पर्ने उनको प्रस्तावना थियो । वर्तमान परिवेशमा नेपालको राजनीतिमा नेपालको राजनीतिक दलहरू नै वर्तमान र्दुदशाको लागि दोषी रहेको छ । ६० को दशकमा जेपी विनोवाभावेबाट प्रभावित हुंदै “सर्वोदय” आन्दोलनमा होमिए । अर्थात् जे.पी.ले गान्धको सिद्धान्तलाई प्रत्यारोपण गर्दै भुदान आन्दोलनलाई अगाडि बढाए । धनी वर्गहरूसंग सम्वाद र सम्मोहन गर्दै दानको परम्परा र प्रवृतीलाई अगाडि बढाउंदै व्यापक रूपले भू-आन्दोलन चलाउन जे.पी. सफल भए । हिंसालाई परित्याग गर्र्दै कुख्यात हिंसक डाका समूह “चम्मल घाटीको लुटेरा”लाई हतियार समर्पण गराउन उनी सफल भए । उनका सिद्धान्त “सर्वोदयदेखि समाजवादसम्म” मा उनले प्रथोग गरेका सिद्धान्तहरूको सुन्दर चित्रण गरिएको देखिन्छ । तर ७० को दशकमा जे.पी.को रणनीतिमा व्यापक परिर्वतन देखियो । सन् १९६५ मा पाकिस्तानलाई पराजित गरेर ७० र ७१ मा पाकिस्तानलाई टुक्रा गरेर वंगलादेश विभाजन गरेर इन्दिरा गान्धीमा दम्भ बढेको थियो । बंगलादेशबाट आएको शरणार्थी, ६२ देखि ७० सम्म निरन्तर युद्ध र राजनीतिक अस्त व्यस्तले गर्दा महगाई चुलिएको अवस्थाले गर्दा जनताको असन्तुष्टि विष्फोटको रूप लिदै थियो । सन् १९७४ मा गुजराजमा विद्यार्थी आन्दोलन उग्र रूप लिदै थियो । भारतको राजनीतिक प्राङणमा जे.पी. जस्तो निष्ठाका प्रतिमूर्ति र गान्थी सिद्धान्तका प्रयोग कर्ताको रूपमा अर्को महानायक थिएन ।

विद्यार्थीहरूले जे.पीे.लाई आन्दोलनको नेतृत्व लिन आग्रह गरे । राजनीतिक पार्टीहरूसंग मोह भङ्ग भएका जेपीले भारतीय काङ्ग्रेस वाहेक अन्य पार्टीहरूलाई प्रजातन्त्रको पक्षमा र इन्दिरा गान्धीको आपत्तकालिन शासनको विरोधमा आन्दोलन गर्न एकीकृत गरे । भारतका पूर्व राजदुत विमल प्रसादले आप्mना पुस्तक “द ड्रिम अप‘m रिभूल्युसन”मा जे.पी.को आन्दोलनलाई गान्धीको स्वतन्त्रता संग्रामसंग तुलना गरेको देखिन्छ । अर्थात् जेपीले प्रजातन्त्रलाई बलियो बनाउन राजनीतिक पार्टीहरू सुर्धिनु पर्ने तर राजनीतिक पार्टीको विकल्पमा पार्टी विहिन शासनको अवधारणालाई खारेज गरेको देखिन्छ । नेपालको सन्र्दभमा समेत यो बुभ्mन उपायोगी देखिन्छ । राजनीतिक पार्टीको विकल्प अर्को राजनीतिक पार्टी हुन सक्दछ तर संरचना पार्टी विहिन हुनु हुंदैन । जे.पी.ले “सम्पूर्ण क्रान्ती” को नाराका साथ आन्दोलनको खाका तयार गरे । राजनीतिलाई प्रशोधन गर्न तीन स्तम्भ बनाए ( संसद, सम्पत्ति र राजनैतीक दल । अर्थात् संसदमा जाज्वल्यमान वहस, सम्पत्तिमा पार्दशिता र पार्टीमा जवाफदेहिताका नाराका साथ जेपीले सम्पूर्ण क्रान्तीको नारालाई धरातलिय अधार दिए । १९ मार्च १९७४ मा देश व्यापी आन्दोलन सुरू भयो । जे.पी. आन्दोलनका आन्दोलनकाकारीहरू नेपालमा समेत शरण लिएका थिए । र्कपूरी ठाकुरदेखि डि.पि. त्रीपाठी समेत नेपालमा वास बसेका थिए । आन्दोलनलाई फलिभूत बनाउन तीन आयामहरूको प्रयोग जे.पी.ले गरेको देखिन्छ । पहिलो प्राथमिक्तामा अहिंसाको प्रयोग, दोस्रोमा नागरीक सहभागिता र तेस्रोमा एक वर्षको लागि पूर्ण रूपमा देशको लागि उत्र्सग । जे.पी. आन्दोलन यत्र, तत्र र सर्वत्र पैmलियो । प्रशान्त भूषणले आप्mना पुस्तक “द केश दयाट सुक इण्डिया” मा जे.पी. आन्दोलनलाई गान्त्रीवादको पूर्ण प्रयोगको रूपमा व्याख्या गरेका छन् । जे.पी. आन्दोलनको मुलमन्त्र नै आन्दोलनलाई हिंसक नहुनु दिनु थियो । अर्थात् आन्दोलनको नेतृत्वमा संयमता र उत्र्सगले नै आन्दोलनको प्रारुण र उद्देश्यलाई सफल बनाउछ । जे.पी. आन्दोलनले गर्दा कम्युनिष्टदेखि जनसंघसम्म, क्षेत्रीय पार्टीदेखि राष्ट्रिय पार्टीसम्म आपत्तकालीन शासन विरुद्ध आन्दोलन गर्दै प्रजातन्त्रलाई गोरेटोमा ल्याउन सफल भयो ।

नेपालको बदलिदो अवस्थामा जे.पीे.को सिद्धान्तलाई मनन गर्न जरुरी देखिन्छ । जे.पी. को सूत्रहरू मध्ये सत्याग्रह, अहिंसा, नेतृत्वमा संम्यमता, भष्ट्राचार प्रति सामाजिक वहिष्करण, सादगी र पार्टी भित्र सुद्धिकरण प्रमुख हुन् । व्यवस्था परिर्वतन भन्दा नेतृत्व सुद्धिकरण आजको मौलिक प्रश्न हो । नेपाली राजनीतिमा गंगोत्रीलाई सफा गर्न राजनीतिक दलहरूले संरचनात्मक सुधारको लागि रोडम्याप बनाउन जरुरी देखिन्छ । सडकबाट नेताहरू लखेटिएका खण्डमा देश निराशाका भूमरीमा फस्न सक्दछ । आन्दोलनको अभियंताहरूले नेतृत्वमा हुनु पर्ने कौशलतामा विचार पु¥याउनु पर्ने हुन्छ । जनताको आक्रोस र असन्तुष्ठिलाई उर्जा बनाएर सत्तारोहन गरेका नेताहरू प्रष्ट हुन जरुरी छ कि जनआन्दोलन सिंहको सवारी जस्तो हुन्छ । सिंहको सवारीमा कौशलताको कमी भएको खण्डमा त्यही सिंहले भक्षण पनि गर्न सक्दछ । यस अर्थमा जे.पी. आन्दोलन जस्तै विभिन्न देशमा प्रयोग भएका आन्दोलनका सुक्ष्म अध्ययन गरेर नै देश र जनताको पक्षमा यो आन्दोलनलाई परिचालित गर्नु पर्ने टड्कारो आवश्यक्ता देखिन्छ । जे.पी. आन्दोलनको रणनीतिको वारेमा विपिन चन्द्रले “इन द एम ऑफ डेमोक्रेसी”मा रोचक चित्रण गरेका छन् ।

प्रतिक्रिया