१७ चैत्र २०८१, सोमबार | March 31, 2025

गोदावरी तिमी मर्नेछैनौं


1.9k
Shares

नेपाली पेन, १५ चैत्र । गोदावरी, काठमाडौं उपत्यकाको एकमात्र स्वच्छ पानी बग्ने खोला । फुलचोकी मुहान भएको गोदावरी खोला महालक्ष्मी नगरपालिकाको लाइफलाइन हो ।

पवित्र गोदावरी खोला र यसका सहायक खोलाको पानी हजारौं नागरिकले पिउँदै आएका छन् । हजारौं रोपनी जग्गामा यही खोलाबाट सिंचाई पुग्छ ।

गोदावरी खोलाको पछिल्लो समय दोहन चलिरहेको छ । गोदावरी खोलालाई मृत्युवरणको अवस्थामा पुर्याइएको छ अहिले । खोलामा सिधै मलमुत्र मिसाउन थालिएको छ । विष्णुडोल पुलसम्म स्थानीयले ढल मिसाउन दिएका छैनन् । लुभु जाने पुलमुनीबाट ढल मिसाइएको छ ।

विष्णुडोल पुलमाथि पछिल्लो समय गोमुत्र मिसाउने, बुँगुर पालनको फोहोर मिसाउने गतिविधि बढेको छ ।

शाथथलीको पुलमुनी धमिलो खोलाबाट सिधै पानी तानेर ट्यांकरबाट विक्रीका लागि लगिन्छ । त्योभन्दा केही मुनी गाईपालनको गोबर र गौमुत्र सिधै खोलामा मिसाइएको छ । जसका कारण खोला निकै प्रदूषित छ ।

विष्णुडोल पुलमाथि ट्यांकरमा सिधै खोलाको पानी लगेर भरिन्छ । रोचक त यो छ कि पानी बेचेर मुनाफा कामाइरहेकाहरु खोला सफा बनाउनेतर्फ कुनै ध्यान दिइरहेका छैनन् । उनीहरु उल्टै यस क्षेत्रको सहायक मार्ग बिगार्न भूमिका निभाइरहेका छन् ।

महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधि र जिम्मेवार अधिकारी आँखा चिम्लिएका छन् । उनीहरु उल्टै पानी बेच्नेबाट कर लिने कुरा गर्छन् । बाटो निर्माणमा भन्दा ढल हालेर खोला प्रदूषित बनाउने कुरा गर्छन् ।

अहिलेकै अवस्था रहेमा गोदावरी खोला सुक्ने अवस्थामा पुग्दैछ । हजारौं रोपनी जग्गा मरभूमिमा परिणत हुँदैछन् । महालक्ष्मी नगरपालिकाले ठूलो वातावरणीय समस्या भोग्ने अवस्था बन्दैछ ।

प्रतिक्रिया