काठमाडौंमा कहाँ कहाँ कफ्र्यु

काठमाडौं, १५ चैत्र । राजावादीको आन्दोलन हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालयले साँझ कफ्र्यु आदेश जारी गरेको छ । अपरान्ह ४ बजेर २५ मिनेटदेखि राति १० बजेसम्म काठमाडौं महानगरपालिकाभित्र चार किल्ला तोकी कफ्र्यु आदेश जारी गरेको हो ।
कफर्यु बानेश्वर तीनकुने क्षेत्रको गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म छ । त्यस्तै कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, बानेश्वर चोकदेखि शंखमुल पुल, गौशालाचोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म छ ।