१६ चैत्र २०८१, आइतबार | March 30, 2025

सडकमा शक्ति प्रदर्शनको होडवाजी


415
Shares

काठमाडौं, १४ चैत्र । आर्थिक संकटतर्फ देश बढिरहेको छ । मध्यमवर्ग सबैभन्दा समस्यामा पर्दा आर्थिक गतिविधि सुस्त छ । जसका कारण चरम असन्तुष्टि बढेको छ । यही मौका छोप्दै विभिन्न शक्ति सडकमा शक्ति प्रदर्शनमा उत्रिन थालेका छन् ।

राजावादीहरु शक्ति प्रदर्शनको शृंखलावद्ध गतिविधि गरिरहेका छन् । उनीहरु विभिन्न समूहमा आवद्ध भएर यस्ता गतिविधि गरिरहेका हुन् ।

गणतन्त्रवादीहरु पनि राजावादीविरुद्ध शक्ति प्रदर्शनमा उत्रिएका छन् । एमालेको आफ्नै अभियान चलिरहेको छ । माओवादीलगायत समाजवादी मोर्चाले १५ चैत्रमा प्रदर्शन राखेका छन् । राजावादीहरु पनि सोही दिन शक्ति प्रदर्शनमा छन् ।

अहिले सडक शक्ति देखाउने थलो बनेको छ । चैत्र महिना आन्दोलनको महिनामा रुपान्तरण भएको छ ।

प्रतिक्रिया