श्री जनता माविको भवन निर्माणको शिलान्यास

काठमाडौं, १४ चैत्र । भारत सरकारको सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास भएको छ । युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी, सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाका मेयर गीता चौधरी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।
विद्यालय भवन २ करोड ७६ करोड परियोजना लागतमा निर्माण भइरहेको जनाइएको छ । तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदैछ ।
श्री जनता माध्यमिक विद्यालय सन् १९५१ मा स्थापना भएको थियो । यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा लगभग ६०० विद्यार्थीहरू छन् जसमध्ये ६०५ छात्राहरू रहेका छन् ।
मन्त्री चौधरीले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनले अब निर्माण हुने पूर्वाधारले सप्तरीको श्री जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।