एमालेले बनाएकैले एमालेलाई धोका दिएपछि…

काठमाडौं, १० चैत्र । नेकपा एमाले कार्यकर्ता व्यवस्थापनमा अगाडि छ । उसका कार्यकर्ता विभिन्न क्षेत्रमा महत्वपूर्ण पदमा व्यवस्थापन गरिन्छन् । पद खडा गर्ने देखि सरकारी निकायमा संस्था नै खडा गरेर समेत व्यवस्थापन गर्दछन् ।
एमालेले न्यायधीशहरु सबैभन्दा बढी बनाउने गरेको छ कार्यकर्तालाई । उसका कार्यकर्ता जिल्ला, उच्च देखि सर्वोच्च सम्म न्यायाधीश बनाइएका छन् । न्यायाधीश बनेपछि एमाले पार्टी कार्यालयमा हुल बाँधेर पुग्ने गरेको चर्चा समेत चल्छ ।
एमालेले न्यायाधीश बनाइएकाहरुले नै धोका दिएको चर्चा छ अहिले । जसमध्ये सपना मल्ल प्रधान र हरि फुयाँलले एमालेलाई अप्ठ्यारो पार्ने गरी आदेशहरु जारी गरेको विषय केपी शर्मा ओलीको भित्रियाहरुले खोल्न थालेका छन् ।
ओलीनिकट र विगतमा नियुक्ति समेत खाइसकेका गुरु भट्टराईले एमालेले न्यायाधीश बनाएकाले परमादेश जारी गरेको, प्रमुख निर्वाचन आयुक्त बनाएकाविरुद्ध मुद्दा हाल्नुपरेको र पार्टी फुटाएको देखि गर्भनर महाप्रसाद अधिकारीले पनि टेरपुछ्छर नलगाएको, लगानी बोर्डका सुशील ज्ञवालीले कुनै लगानी ल्याउन नसकेको विषय उठाएका छन् । यतिसम्मकी प्राज्ञ भनेर एमालेले नियुक्त गरेका जगमान गुरुङ राजावादी बनेको समेत लेखेका छन् सामाजिक सञ्जालमा ।
एमालेभित्र विगतमा उसले नियुक्त गरेकाहरुबारे गम्भीर समिक्षा समेत हुन थालेको छ । नियुक्ति अघि कालो एमाले बन्ने र बनेपछि धोका दिने गरेको विषय ओलीवृत्तमा उठ्न थालेको छ ।