९ चैत्र २०८१, आइतबार | March 24, 2025

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन


830
Shares

भक्तपुर, ९ चैत्र । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । उनको ७३ वर्षको उमेरबाट शनिबार हृदयघातबाट निधन भएको हो ।

बस्नेत पत्रकारिता क्षेत्रमा निडर व्यक्तित्वका रुपमा परिचित थिए । उनी प्रेस काउन्सिल, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समितिमा अध्यक्ष समेत भएका थिए । पत्रकारिता क्षेत्रमा लामो समय सक्रिय रहेका उनको लेखहरु पछिल्लो समय पनि प्रकाशित भइरहन्थ्यो ।

बस्नेत सुर्यविनायक नगरपालिका ८ का स्थायी बासिन्दा हुन् । बिहिबार घरमै हृदयघात भएपछि न्युरो अस्पताल लगिएकोमा भ्यान्टिलेटरमा राखी उपचारका क्रममा निधन भएको हो ।

बस्नेतको निधनप्रति पत्रकार, समाजसेवी, राजनीतिज्ञले शोक व्यक्त गरेका छन् । भक्तपुरका सक्रिय पत्रकार सुरेन्द्रबहादुर खत्री सिलवालले पनि उनको निधनप्रति शोक व्यक्त गरेका छन् । बस्नेत भक्तपुर जिल्लाको सशक्त व्यक्तित्व थिए भन्दै उनको निधनबाट ठूलो क्षति भएको बताए ।

बस्नेतले पुनर्जागरणको सम्पादकका रुपमा पनि काम गरेका थिए । पञ्चायतकालबाट नै सक्रिय पत्रकारिता गरेका बस्नेत स्वर्गीय गणेशमान सिंहसँग नजिक थिए ।

प्रतिक्रिया