११ चैत्र २०८१, मंगलबार | March 26, 2025

जब न्यायाधीशको घरमा आगो निभाउँदा १५ करोड भेटियो…


9.8k
Shares

एजेन्सी, ९ चैत्र । न्यायाधीशको घरमा आगलागी भयो । दमकल आएर निभाउन थाल्यो । घरभित्रको सामान निकाल्न थालियो ।

उद्धारमा खटिएकाले १५ करोड भारतीय रुपैयाँ भेटे । यो घटना भारतको दिल्लीमा भएको हो । दिल्ली उच्च अदालतका न्यायाधीश यशवन्त शर्माको घरबाट उक्त रकम भेटिएपछि छानविन चलेको छ ।
यशवन्तको यो घटनापछि सरुवा गरिएको छ । उनलाई इलाहावाद सरुवा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

न्यायाधीश बर्माको घरमा फेला परेको रकमको स्रोत नखुलेको जनाइएको छ । यो घटना भ्रष्टाचारसँग जोडिएमा बर्माले राजीनामा दिनुपर्ने स्थिति बन्न सक्ने चर्चा छ ।

प्रतिक्रिया