९ चैत्र २०८१, आइतबार | March 24, 2025

आइटेक दिवसः १५ वर्षमा ३ हजार बढीले लिए तालिम


249
Shares

काठमाडौं, ९ चैत्र । नेपालस्थित भारतीय राजदूतावासमा ६० औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइएको छ । । सो अवसरमा विगत १५ वर्षमा नेपालबाट ३ हजारभन्दा बढीले आइटेक तालिम लिएको जानकारी गराइयो । तालिम लिएकाहरु नेपालको प्रशासनिक, सुरक्षा निकायका अलावा विभिन्न क्षेत्रहरुमा कार्य गर्दै आइरहेका छन् ।

आइटेक दिवसमा संसद सदस्यहरू, वरिष्ठ सरकारी अधिकारीहरू, आइटेकका पूर्वविद्यार्थीहरु र भारतीय शैक्षिक संस्थाका प्रख्यात नेपाली पूर्वविद्यार्थीहरु उपस्थित थिए । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाएकी थिइन् ।

आइटेकको रूपमा परिचित भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम भारत सरकारको विदेश मन्त्रालयको अग्रणी क्षमता निर्माण प्लेटफर्म मानिन्छ । अन्तर्राष्ट्रिय क्षमता निर्माणको लागि सबैभन्दा पुरानो संस्थागत व्यवस्थाहरू मध्ये एक रहेको आइटेक सन् १९६४ मा स्थापना भएका हो जसले १६० भन्दा बढी देशका २ लाखभन्दा बढी अधिकारीहरूलाई तालिम दिएको छ । उच्च शैक्षिक संस्था र प्रशिक्षण सुविधाहरूमा उपलब्ध भारतको शासन र विकास–सम्बन्धित विशेषज्ञताको विशाल र समृद्ध सञ्जाल निर्माण गर्दै आइटेकले प्रत्येक वर्ष भारतका १००ं प्रख्यात संस्थानहरूमा लगभग ४०० कोर्षहरू मार्फत करिब १०,००० फुल्ली–फन्डेड इन–पर्सन प्रशिक्षण अवसरहरू प्रदान गर्ने गरेको छ ।

महान्यायाधिवक्ता रमेश बडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक तथा आइटेकका पूर्वविद्यार्थी सहायक रथी पवन खत्री र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दयाराम शर्माले आइटेकका बारेमा आफ्ना अनुभव र अन्तर्दृष्टि साझा गरे ।

कार्यक्रममा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्द्वारा समर्थित प्रख्यात कलाकार कुलेश्वर कुमार ठाकुरको नेतृत्वमा रहेको भारतको सांस्कृतिक समूह ‘यज्ञ’ द्वारा मनमोहक मयूरभञ्ज छाऊ नृत्य प्रस्तुति गर्नुका साथै नेपालको प्रख्यात कान्त दब दब ब्यान्डद्वारा मंत्रमुग्ध वाद्य लोक फ्युजन र ज्याज पनि समावेश थियो ।

परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभव स्मरण गरिन् । विकास र शिक्षाको क्षेत्रमा भारत सरकारको असंख्य पहलहरूको लागि कृतज्ञता व्यक्त गरिन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो मन्तव्यमा आइटेक पहललाई थप विस्तार गर्ने र नेपाल सरकारको विकसित प्राथमिकताहरू अनुसार थप अनुकूलित कार्यक्रमहरू प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भारतीय दूतावासका अनुसार सन् २०२४–२०२५ मा नेपालका ५१० जना दक्षहरुलाई भारतका विभिन्न प्रमुख संस्थानहरूमा विभिन्न कोर्षहरूको लागि तालिम दिइएको थियो । नेपाल सरकारका २१ जना इन्जिनियरहरू आइआइटी रुडकीमा जलस्रोत व्यवस्थापन, जलविज्ञान, सिँचाइ जल व्यवस्थापन जस्ता विषयहरूमा दुई वर्षे एम।टेक। कोर्षमा भर्ना भएका छन् । सन् २०२४–२०२५ मा भारतका १० प्रमुख संस्थानहरूमा डाक्टरहरू (५०) सरकारी वकिलहरू (३०) राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपालका सदस्यहरू (१५), नेपाल प्रहरी (१४३) सशस्त्र प्रहरी बल (८०) गृह मन्त्रालय (२४) खानेपानी मन्त्रालय (४०) का लागि १८ अनुकूलित कोर्षहरूको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया