१२ चैत्र २०८१, बुधबार | March 26, 2025

जापान २०२६ को विश्वकपमा छनोट हुने पहिलो देश


3.7k
Shares

एजेन्सी, ७ चैत्र । जापान २०२६ को फिफा पुरुष विश्वकप फुटबलमा छनोट हुने पहिलो देश बनेको छ । एशिया प्यासिफिक क्षेत्रबाट जापान बहराईनमाथि २-० को जित निकाल्दै विश्वकपमा छनोट भएको हो ।

समूह सीमा जापान १९ अंकका साथ पहिलो स्थानमा छ । उक्त समूहमा तीन खेल बाँकी हुँदै जापान छनोट भएको हो । अब जापानले बाँकी खेल सबै हारेपनि छनोट हुने निश्चित भएको हो । उक्त समूहमा अष्ट्रेलियाको १०, साउदी अरब, इन्डोनेशिया, बहराइन र चीनको समान ६ अंक छ ।

समूह बीमा दक्षिण कोरियाको १५, इराकको ११, जोर्डनको ९, ओमानको ७, कुबेतको ४ र प्यालेस्टाइनको ३ अंक छ ।

समूह एमा इरानको १६, उज्बेकस्तानको १३, युएईको १०, कतारको ७, किर्गिजस्तानको ३ र उत्तर कोरियाको २ अंक छ ।

क्यानडा, मेक्सिको र अमेरिका आयोजक भएकाले फिफा विश्वकपमा खेल्नेछन् । ४८ देश छनोट हुनेमा ४ देशले स्थान पक्का गरिसकेका छन् ।

प्रतिक्रिया