११ चैत्र २०८१, मंगलबार | March 25, 2025

प्रदीप अधिकारीको अवैध धनको धुईँ धुईँती खोजी


1.7k
Shares

नेपाली पेन, ७ चैत्र । नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारीले ठूलो घोटालाहरु गरेकोबारे चर्चा चल्दै आएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थ निर्माण देखि डाँडोको माटोको ढिस्को काट्ने काममा समेत ठूलै खेलहरु भएको तथ्यहरु बाहिर आइरहेका छन् ।

अधिकारीलाई अख्तियारले मुद्दा दायर गर्न खोज्दा तत्काललाई रोकिएको छ । तर,उनले के कति धन कमाएर कहाँ जम्मा गरे भन्नेबारे खोजी हुनथालेको छ । विश्वस्त स्रोतका अनुसार उनले आफैले धन नराखी अन्य व्यक्तिहरुलाई राख्न दिएका छन् ।

अधिकारीले अकूत सम्पत्ति आर्जन गरेको विषय पनि उठेको छ । उनीमाथि सम्पत्ति शुद्धिकरण लगाउने तयारी पनि भएको छ । तर, धन कहाँ गयो भन्नेबारे यकिन गर्न नसकेपछि सरकारी निकाय अलमलमा छ । जति खोज्दा पनि मुख्य ठाउँ भेट्न नसकिरहेको बुझिएको छ ।

प्रतिक्रिया