४ चैत्र २०८१, मंगलबार | March 18, 2025

सोरसका एजेन्टहरुको भण्डाफोर, ओपन सोसाइटीको सञ्जाल धरापमा


2.1k
Shares

एजेन्सी, ३ चैत्र । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि तारोमा परेका छन् जर्ज सोरस र उनको संस्था ओपन सोसाइटी । सोरसले उदारवाद र खुल्ला समाजका नाममा विश्वभर मिडिया र नागरिक समाजमार्फत् प्रभाव बनाउँदै आएकामा ट्रम्प प्रशासनले उनीप्रति कडा नीति बनायो ।

सोरस अमेरिकामा कमजोर भएपछि यूरोप मुकाम बनाएर सक्रिय हुने विश्लेषण पनि भए । नभन्दै उनी यूरोप केन्द्रित भएर आफ्ना गतिविधि बढाउन खोजे । उनले इअन मस्कको टेस्ला बहिष्कार अभियान चलाउन भूमिका खेले । मस्कले उनलाई सिधै तारोमा पारेका छन् अहिले ।

विश्वका मूलधारका अधिकांश मिडिया, नाम चलेका नागरिक अगुवा देखि राजनीतिक दलका उदारवादको पक्षधर नेताहरुलाई सोरसले आर्थिक तथा अन्य सहयोग दिने गरेका छन् । तर, जो जो सहयोग पाइआए उनीहरुबारे सोरसविरोधी समूहले तथ्य उजागर गरिदियो । यसले नेपालमा समेत तरंग आइरहेको छ ।

सोरसको एजेन्टहरुलाई निष्काशन गर्नुपर्ने भन्दै हँगेरीका प्रधानमन्त्री भिक्टोर अरबनले बोलेका छन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले सोरसलाई समाज भाँड्ने भन्दै आलोचना गरेकी छिन् ।
भारतमा सत्तारुढ भाजपाले सोरसको विरोधमा कडा नीति नै लियो । भाजपाले आधिकारिक सामाजिक सञ्जालमा समेत सोरस र उनका एजेन्टहरुबारे भण्डाफोर गर्यो ।

सोरसले नेपालमा पनि ठूलो धनराशी खर्चिए । विशेषगरी धर्मनीरपेक्षका पक्षमा माहोल बनाउन देखि समलिङ्गी गतिविधिमा सोरसको सक्रियता देखियो । यसको पनि भण्डाफोर भइसकेको छ ।

सोरसविरुद्ध विश्वको शक्तिशाली देशहरु अमेरिका, रुस, चीन नै लागेका छन् । चीनले त सोरसलाई आर्थिक आतंकवादी घोषित गरेको छ । सामाजसेवाका नाममा सोरसले ठूलो धनराशी खर्चने गर्छन् । आफ्ना विरोधीलाई मिडिया र नागरिक समाज परिचालन गरेर सिध्याउने नीति सोरसले ओपन सोसाइटीमार्फत् गर्दछन् ।

हँगेरीमा जन्मिएका सोरस अमेरिकाको उदारवादीहरुका प्रीय हुन् । उनी यूरोपका उदारवादी समूहका पनि प्रीय हुन् । सोभियत संघको विभाजनमा उनले मिडिया परिचालनमार्फत् भूमिका खेलेका थिए । आफ्ना योजनावद्ध एजेन्डा लागू गर्न सोरसले मिडिया, नागरिक समाज र सामाजिक संस्थालाई धनराशी खर्च गर्छन् । जुन नेपालमा पनि हिन्दू राष्ट्र संविधानबाट मेटाउन गरियो । नेपालको परम्परा, संस्कृतिमाथि प्रहार गर्न पनि सोरसको धन खर्चिएको तथ्य बाहिर आइरहेको छ ।

सोरसले विश्वभर एजेन्ट तयार गरेका छन् । तर, ट्रम्पको कडा नीति मस्कमार्फत् लागू हुँदा सोरसका एजेन्टहरुको भण्डाफोर भइरहेको छ । यसले विश्वभर सोरसका एजेन्टहरु संकटमा परेका छन् । विगतमा आक्रामक रुपमा देखिने त्यस्ता एजेन्टहरु अहिले प्रतिरक्षाको अवस्थामा छन् ।

प्रतिक्रिया