असल राष्ट्र र धर्म निर्माणको लागि विद्यार्थी संगठित हुनुपर्छः स्वामी ज्ञानानन्द सरस्वती

चितवन, २ चैत्र । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं राष्ट्रिय अधिवेशनमा धार्मिक, संस्कृतिक एवं पर्यटकीय नगरी चितवनको भरतपुरमा प्रारम्भ भएको छ । अन्नत विभूति राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजज्यू र विशिष्टज्यूहरुबो हातबाट दीप प्रज्ज्वलन गरी विद्यार्थी परिषद्को दशौँ राष्ट्रिय अधिवेशन आज दिउँसोबाट प्रारम्भ भएको हो ।
राष्ट्रिय सुरक्षा स्वावलम्बन, सुशासनका लागि चितवनको भरतपुरमा प्रारम्भ भएको दशौँ राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि श्री १००८ स्वमी ज्ञानानन्द सरस्वतीजी महाराजले असल राष्ट्र र धर्म निर्माणको लागि विद्यार्थी शक्ति संगठित हुनु पर्ने आवश्यकता रहेको बताउनु भएको थियो ।
उहाँले आफुलाइ जन्माउने आमालाई देउता समान मान्नु पर्ने, गुरुको सम्मान र सेवा गरे विद्या प्राप्त हुने भएकोले साही ज्ञान आजका विद्यार्थीले सिक्नु पर्ने विषय बताउनु भएको थियो । त्यसैगरी उहाँले राष्ट्र देवो भवः राष्ट्रका लागि निमान्दार र बफादार भई आफु जन्मेको माटो चिन्ने व्यक्ति निर्माण गर्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो ।
उहाँले आजको विद्यार्थी भोलि कृषक , उद्योगि , र प्राज्ञिक व्यक्ति बन्नुपर्ने आज नै शान्तिको पाठ सिक्नु जरुरि रहेकोले भोलि यो देशमालाई काँधमा बोकेर हिड्नु सक्ने व्यक्ति बन्नका लागि देशभरबाट उपस्थित विद्यार्थी शक्तिलाई आग्रह गर्नुभएको थियो ।
उद्घाटन सत्रमा अधिवेशन देशमा बढिरहेको भ्रष्टाचार, दुव्र्यसनी, बेरोजगारी, आर्थिक एवम् पर्यावरण संकट, बढ्दो सुरक्षा चुनौती आदि समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा केन्द्रित रहने साथै अधिवेशनमार्फत देशको शिक्षा, आर्थिक, समसामयिक र संकल्प गरि चारवटा अलग अलग प्रस्तावहरू पारित हुने परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले बताउनु भयो ।
त्यसैगरी परिषद्को संगठनात्मक गतिविधि, समाजमा यसको प्रभाव र आवश्यकता, अगामी दिशा आदि विषयमा पनि उहाँले बताउनु भएको थियो । साथै परिषद्का अध्यक्ष डा। गोपीनाथ कण्डेलले विद्यार्थी परिषद्लाई आज समाजले स्वीकारि रहेकोले आज हामी यस्तो संगठन हौँ भनेर हिडनु नपर्ने र हरेक क्षेत्रमा विद्यार्थी परिषद्को आवश्यकता बढदै गएको विषय उल्लेख गर्नु भएको थियो । उहाँले आज विदेशी शक्ति र विचारले देशलाई कमजोर बनाई रहेको परिस्थितिमा विद्यार्थी परिषद् एक दियो लिएर समाजमा अगाडि आइरहेकोले समाजलाई अब आशावादी हुन अनुरोध गर्नु भयो ।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि अनन्त विभूषित स्वामी ज्ञानानन्द सरस्वती जी महाराज, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव श्री विष्णु प्रसाद पंगेनी, अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष चौहान, अधिवेशन स्वागत समिति अध्यक्ष ममता न्यौपाने अधिवेशन स्वागत समिति महासचिव त्रिलोचन कण्डेल, बागमती प्रदेश अध्यक्ष बद्री प्रसाद कोइराला विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्राज्ञिक वर्ग, पत्रकार र देशभरबाट झण्डै एक हजार प्रतिनिधिहरु र चितवन भरतपुरका विभिन्न सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।