७ बैशाख २०८२, आइतबार | April 20, 2025

सोरस र मस्कबीचको मिडियायुद्धको असर नेपालसम्म


2k
Shares

काठमाडौं, २ चैत्र । विश्वभर मिडियामा प्रत्यक्ष अप्रत्यक्ष लगानी गरेर प्रभाव बनाइआएका अर्बपति जर्ज सोरसबारे धेरै तथ्य बाहिर आइरहेका छन् । अमेरिकाको राष्ट्रपति चुनावमा सोरस डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसको पक्षमा थिए । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा एक्सका इअन मस्क खुलेरै लागे ।

मिडियायुद्धमा सोरस र मस्क खुलेरै उत्रिए । मूलधारको मिडियामा लगानी गर्ने सोरसको केही लागेन । ट्रम्प जिते । सामाजिक सञ्जाल मूलधारका मिडियाभन्दा प्रभावशाली रहेको प्रमाणित गरिदिए मस्कले ।

अहिले मस्कको टेस्लाविरुद्ध सोरस लागेको विषय बाहिर आएको छ । मस्कले ट्वीट गर्दै टेस्ला बहिष्कार अभियान चलाउनेमा सोरस पनि रहेको उल्लेख गरेका छन् ।

सोरसप्रति ट्रम्प प्रशासन आक्रामक छ । सोरस अमेरिकाको सत्ताविरुद्ध उत्रिएपछि यूरोप केन्द्रित भई सक्रिय छन् ।

नेपालमा पनि सोरसले धर्मनीरपेक्षता, समलिङ्गी गतिविधि लगायतमा लगानी गरेका थिए । ओपन सोसाइटी नेपालमा पनि सक्रिय भएको थियो । उनले ओपन सोसाइटीमार्फत् नेपालका कतिपय मिडिया, रिसर्च संस्था नागरिक अगुवालगायतमा पैसा खन्याएका थिए । मार्टिन चौतारीमा सोरसको ओपन सोसाइटी देखि यूरोपका चर्चहरुबाट पैसा खन्याइएको तथ्य बाहिरिएको छ ।

अमेरिकामा सोरस र मस्कको टकरावको असर नेपालसम्म परिरहेको छ । नेपालमा सोरसको लगानीका मिडिया देखि विभिन्न संस्थाहरुबारे तथ्यसहित खुलासा भइरहेका छन् । यसले अझ नयाँ तथ्यहरु बाहिरिने क्रम चलेको छ ।

नेपालको परिवर्तनमा सोरसको भूमिका उजागर भइरहेको छ । मस्कले सोरसको धेरै गतिविधिहरु उजागर गर्न भूमिका खेल्दा रहस्यहरु बाहिर आइरहेको छ ।

प्रतिक्रिया