७ बैशाख २०८३, सोमबार | April 20, 2026

चोलेन्द्रको बीचौलिया र टेरामेक्सको सौदाबाजीमा सर्वोच्चको न्यायाधीश नियुक्तिको खेल


6.2k
Shares

नेपाली पेन खोज । सर्वोच्च अदालतमा रिक्त रहेको चारवटा न्यायाधीशको पदमा दलको कार्यकर्ता, नातागोता र बीचौलियाको अनौठो ध्रुवीकरण र चलखेल बाक्लिएको छ । न्यायाधीश नियुक्तिमा भएका र हुने चलखेल, दलीय भागबन्डा र आर्थिक लेनदेनको खोज पत्रकारितामार्फत सिलसिलेबार समाचार प्रकाशित गरेको नेपाली पेनको सन्सनीपूर्ण खोज समाचारको थप खुलासा हुन आएको छ ।

मुख्य न्यायाधीशबाट पनि दलीय कोटा

अमूक व्यक्तिलाई फाइदा पुर्‍याउनको लागि गरिएको न्याय परिषद नियमावलीको संसोधन संविधानविपरीत भयो भनी बारले आन्दोलन गरी ठूलो झरीबीच पनि मुसो रूझाइबीच न्याय परिषद सचिवालयमा दिएको धर्नाका बाबजुद पनि अवकाशको मुखमा रहेका प्रधानन्यायाधीश विश्वम्भर अध्यक्षताको न्याय परिषदले मुख्य न्यायाधीशबाट २ जनालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्‍यो । न्यायाधीश सिफारिस आर्थिक लेनदेनका आधारमा भयो भनी बार सार्वजनिक वक्तव्य दिएका बार अध्यक्ष गोपालकृष्ण घिमिरे अहिलेपनि अदालतको अवहेलना मुद्दाको प्रतिवादी छन् । सिफारिस भएका नृपध्वज निरौला एमाले र नित्यानन्द पाण्डे काङ्ग्रेस कोटाका थिए । निरौला न्याय परिषद सचिव छँदा राष्ट्रपतिको शपथ ग्रहण समारोहकै बीच गोपाल पराजुलीलाई बेइज्जतीपूर्ण अपदस्त गर्ने गिरोहको डमी बनी असंवैधानिक पत्रमा सही गरेका थिए । गिरोहको गोटी बनेको १० महिना १४ दिनपनि नबित्दै निरौलाले मुख्य रजिष्ट्रार पद बक्सिस पाए । मुख्य रजिष्ट्रार पद रिक्त थिएन । गोपाल पराजुलीलाई झैँ उनीद्वारा नियुक्त बहालवाला मुख्य रजिष्ट्रार राजनप्रसाद �

प्रतिक्रिया