२५ फाल्गुन २०८१, आइतबार | March 10, 2025

भारतीय राजदूत आमन्त्रित गल्फ प्रतियोगिता


415
Shares

काठमाडौं, २५ फागुन । भारतीय राजदूत आमन्त्रित गल्फ प्रतियोगिता २०२५ शनिबार भएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा प्रतियोगिता भएको हो ।

उकत कार्यक्रममा परिचित गल्फरहरू र सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू र गल्फप्रेमीहरूको उपस्थिति थियो। भारतीय राजदूत नवीन श्रीवास्तवले विजेताहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा उनले सबैको उत्साहजनक सहभागिताको प्रशंसा गरे । खेलकुद कार्यक्रमहरू मार्फत भारत र नेपालको सम्बन्धलाई बलियो बनाउने र नेपालको गल्फ समुदायलाई निरन्तर उत्प्रेरित गर्ने इच्छा व्यक्त गरे ।

नेपालको गल्फ समुदायमा युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्नको लागि राजदूत श्रीवास्तवले दुई आशाजनक गल्फरहरूलाई एक लाख रुपैयाँको चेक पनि प्रदान गरे ।

प्रतिक्रिया