२५ फाल्गुन २०८१, आइतबार | March 10, 2025

पूर्वराजाको स्वागतमा को को


1.8k
Shares

काठमाडौं, २५ फागुन । यतिबेला चर्चामा छन् पूर्वराजा ज्ञानेन्द्र शाह । लामो समय काठमाडौं बाहिर र भारतसमेत गएका उनी राजधानी फर्कदैछन् आइतबार अपरान्ह । यही मौकालाई राजावादीहरुले शक्ति प्रदर्शनमा रुपान्तरण गर्न खोजेका छन् ।

पूर्वराजालाई स्वागत गर्न राजावादीहरुको हानथाप चलेको छ । बजारमा पूर्वराजा गद्दीमा फर्कने हल्ला चलाइएको छ । तर, वास्तविकता के हो भने अहिलेको संसदमा दुई तिहाईको समर्थनविना राजा फर्कने सम्भावना छैन ।

राजावादीहरुमा राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म संस्कृति तथा नागकिर बचाउ महाभियान र पीडीएफ, नेवा? एकता तथा नागरिक समाज, राष्ट्र शक्ति नेपाल, अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाललगायत प्रतिष्पर्धा देखिएको छ । उनीहरुले राजधानीमा हजारौंको शक्ति प्रदर्शन गर्ने भएका छन् ।

राजावादीहरुमा एकमत छैन । राजेन्द्र लिङ्देन, कमल थापा, केशरबहादुर बिष्ट, दुर्गा प्रसाईँलगायत एक अर्कालाई स्वीकार्न सकिरहेका छैनन् । यसले पनि समस्या देखिएको छ उनीहरुमा ।

प्रतिक्रिया