एमाले मोरङको अध्यक्षमा ओली पक्षका ओझा विद्या पक्षका राईद्वारा पराजित

काठमाडौं, २३ फागुन । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले सिधा चुनौती दिन थालेकी छिन् । केन्द्र देखि स्थानीय तहसम्म ओली र भण्डारी पक्ष देखिएपछि प्रतिष्पर्धा पनि त्यसरी नै बढेको हो ।
मोरङको जिल्ला अधिवेशनमा ओली र भण्डारी पक्ष प्रतिष्पर्धी बने । जसमा ओली पक्षका राजकुमार ओझालाई भण्डारी पक्षका अजम्बर राईले ३९ मतले पराजित गरे । राईले ४४६ मत ल्याउँदा ओझाले ४०७ मत ल्याए । अन्य पदाधिकारीमा पनि भण्डारी पक्षका विजयी भए ।
एमालेको सक्रिय राजनीतिमा फर्कदै गरेकी भण्डारीले आफ्नो टिम पनि बनाइसकेको बुझिएको छ । यसबाट ओली र उनको उत्तराधिकारी भनी चर्चित केही व्यक्तिहरु झस्किएका छन् ।