२२ फाल्गुन २०८१, बिहिबार | March 6, 2025

जेलेन्स्कीलाई युक्रेनको राष्ट्रपतिबाट हटाउने खेल बढ्यो


2.1k
Shares

एजेन्सी, २२ फागुन । भ्लोदोमिर जेलेन्स्कीलाई युक्रेनको राष्ट्रपतिबाट हटाउने खेल बढेको छ । यसका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कदम चालिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पले जेलेन्स्की विरोधीसँग सम्पर्क बनाउन लगाएको जनाइएको छ । पूर्वप्रधानमन्त्री युलिया टिमोसेन्सको र पूर्वराष्ट्रपति प्योट पोरोसेन्कोसँग सम्पर्क बनाएको पोलिटिकोले उल्लेख गरेको छ । दुवै जेलेन्स्कीको प्रतिष्पर्धी बनेका छन् अहिले ।

ट्रम्पले चुनाव नगरी तानाशाह बनेको भन्दै जेलेन्स्कीको आलोचना गरिसकेका छन् । शान्तिको पक्षमा नभएको भन्दै मूर्ख समेत भने ।

प्रतिक्रिया