जेलेन्स्कीको पश्चात्ताप माफीबाट उम्कने जुक्ति

एजेन्सी, २१ फागुन । राजनीतिमा आवेश उत्तेजना र भावुकता अन्ततः फोस्रो सावित हुन्छ भन्ने उदाहरण बनेका छन् युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की । अमेरिका भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नोकझोक पछि उनको ट्रम्पविरोधीले वाही वाही गरे । निडर नायक समेत भने । तर, त्यो केही दिन पनि टिक्न सकेन ।
जेलेन्स्कीले अमेरिकी अधिकारीहरुसँगको बाझाबाझबाट पश्चात्ताप गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै पश्चात्ताप भएको उल्लेख गर्दै अमेरिकासँग खनिज सम्झौता गर्न तयार भएको बताएका छन् ।
अमेरिकी अधिकारीले भने जेलेन्स्कीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने शर्त राखेका छन् । उनले ओभाल अफिसमा जुन व्यवस्था देखाए त्यसको सार्वजनिक माफी माग्नुपर्ने अमेरिकाको शर्त रहेको छ ।
जेलेन्स्कीले आफू शान्तिको पक्षमा रहेको बताएका छन् । उनलाई १६ फागुनमा ट्रम्पले औंला ठड्याएर चेतावनी दिएका थिए । बारम्बार शान्तिको मार्गमा लाग्न र युद्धविराम गर्न भनेका थिए । तेस्रो विश्वयुद्धको जुवा खेल्न खोजेको आरोप लगाउँदै युक्रेनले नजित्ने युद्ध लडिरहेको समेत बताएका थिए ।
अमेरिकी उपराष्ट्रपति जेडी भानले युक्रेन तहसनहस भएको बताउँदा जेलेन्स्कीले त्यो सत्य नभएको दाबी गरेका थिए । भान्ससँग जेलेन्स्कीको बाझाबाझ भएको थियो ।