हृदयघात भएका पूर्वयुवराज पारस शाहको अवस्था के छ

काठमाडौं, १९ फागुन । पूर्वयुवराज पारस शाह हृदयघात भई नर्भिक अस्पताल थापाथलीमा उपचाररत छन् । मुटुको समस्या झेल्दै आएका शाहलाई धेरैपटक हृदयघात भइसकेको छ ।
१८ फागुनमा पारसलाई हृदयघात भई अस्पताल लगिएको थियो । त्यहाँ उनलाई मुटुरोग विशेषज्ञको टोलीले आइसीयूमा राखी उपचार गरिरहेको छ ।
विश्वस्त स्रोतका अनुसार शाहले आइतबारभन्दा केही सहज महशुश गरेका छन् । उनी सामान्य अवस्थामा फर्कन केही दिन लाग्ने बुझिएको छ ।
पूर्वराजपरिवारका अन्य सदस्यसँग पारस केही टाढा छन् । उनी प्रायः घुम्न रुचाउँछन् । बेला बेलामा विवादमा आइरहने पारस आफूलाई राजकाजको कुनै चाहना नरहेको बताइसकेका छन् ।-File Photo