योगी नरहरिनाथको स्मरण गरी मनाइयो जन्मजयन्ती

काठमाडौ, १७ फागुन । राष्ट्रगुरु योगी नरहरिनाथले जिबनभर गरेको संघर्ष,योगदान र अनुभवको बारेमा काठमाडौ वाल्मीकि क्याम्पसमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । योगी नरहरिनाथको १११औं जन्मजयन्तीका अवसरमा योगी नरहरिनाथ अध्ययन केन्द्रले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका वक्ता पुर्व उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले योगीको योगदान लाई सम्मान गर्दै भविष्यमा राज्यले नै सम्मान गर्ने ठाउँमा पुर्याउन आफू निरन्तर लागी पर्ने बताए । बिधालय देखी बिश्वबिधालय सम्मको कोर्समा योगीको जिबनी पढाइ हुनुपर्ने र योगी नरहरिनाथ लाई राष्ट्रिय बिभुतीका रुपमा सम्मान गर्नुपर्ने बताए ।
योगीको योगदान अनुसारको सम्मान नभएको हिजो भन्दा आज झन भुल्दै गएको अर्का अतिथि संस्कृतिविद् डा. गोविन्द टन्डनले बताए । उनीसँग बिताएका क्षणहरु विश्व हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष देवराज अधिकारीले सुनाइ अन्तरक्रिया कार्यक्रमको गरिमा बढाए र डा. कमल राज शर्मा , सपादलक्ष कर्णालीका लेखक माधव चौलागाईं लगायतले योगि नरहरिनाथ एक व्यक्ति मात्र नभएर असाधारण मान्छे भएको हुदा उहाँको योगदान लाई सबैले सम्मान गर्नै पर्ने बताए ।
देशभक्त राष्ट्रवादी गायक शिशिर योगीले छाडेर काम सारा एक काम रोजिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु भन्दै योगी नरहरिनाथ जस्तै मान्छे खोजिरहेको छु भन्दै गित गाएर सबैलाई स्वाभिमानको स्वाद चखाए । अन्तरक्रिया कार्यक्रमको अन्त्यसम्म योगी नरहरिनाथको संघर्ष, योगदान र समाधान सम्बन्धि छलफल गरिएको थियो । आयोजक योगी नरहरिनाथ अध्ययन केन्द्रका अध्यक्ष गोविन्द बिष्टले हाम्रो समाज विभिन्न नाममा बिभाजिती समाज लाई एकता कायम गर्नुपर्ने र अहिलेका युवाहरु टिकटक, फेसबुकमा मात्र सिमित नभएर आफू जन्मेको देशको इतिहास ,संस्कृति सम्बन्धि पनि रुचि भएको सन्देश दिन खोजेको बताउदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रमको सचालन भिम बिष्ट र धिरन्द्र चन्द सोडारीले गरेका थिए ।