३० बैशाख २०८३, बुधबार | May 14, 2026

राजाले जब योगी नरहरिनाथलाई पक्रन खोजे…


7.5k
Shares

-श्याम खनाल: गुरु शब्दले पौरस्त्य जगत्‌को क्षेत्रमा उच्च स्थान पाएको छ । यसरी उच्च स्थान पाएको गुरु शब्दको अर्थ हुन्छ – अविद्याको नाश गरेर ज्ञान दिने व्यक्ति । हुन त अङ्ग्रेजीको टिचर शब्दलाई यसको प्रयायवाचीका रूपमा हेर्ने गरिन्छ, तर टिचरले गुरु शब्दको पूर्ण अर्थ गर्न सक्दैन । गुरुको गुरुत्त्वका बारेमा हाम्रा शास्त्रहरूले ठूलो महत्त्व बताएका छन् ।

विद्याकि अधिष्ठात्रीका रूपमा माता सरस्वती मानिए जस्तै विद्याका गुरु चाहिँ भगवान् शिवलाई मानिएको छ । त्यस्तै शङ्कराचार्य परम्परामा आद्यगुरुका रूपमा भगवान् नारायणलाई पुजिएको छ । त्यसैले पनि गुरुको गुरुत्त्व अत्यन्तै माथि रहेको छ । यसै सिलसिलामा हामी नेपालीहरूको विशेष सम्बन्ध गुरु गोरक्षनाथसँग रहेको छ । नेपाली रैथाने भाषामा गोरखनाथ भनिए तापनि गाईको रक्षा गर्ने गोरक्षनाथकै कृपाले नै गोरक्षार्थ प्राचीन गोपालहरूका समयदेखि नै अस्तित्वमा रहेको तर पछि सङ्कुचित हुन पुगेको गोरखा राज्यको पुनर्निर्माण हुँदै पुनः नेपाल राष्ट्रको विकास भएको हो भन्ने मान्यता रहिआएको छ । यिनै गोरक्षनाथको गुरुशिष्य परम्पराबाट दीक्षित योगी नरहरिनाथ नेपालकै साझा गुरुका रूपमा राष्ट्रगुरु हुन पुग्नुभएको हो । यसरी उहाँ नेपाल राष्ट्रमा बस्ने सम्पूर्ण जातजाति एवम् धर्मावलम्बीहरूकै साझा राष्ट्रगुरु कसरी हुनुभयो र नेपाल राष्ट्रका सम्बन्धमा उहाँको कस्तो किसिमको योगदान रहेको छ भन्ने प्रश्न उहाँका बारेमा नजानेकाहरूले उठाउनु स्वाभाविकै हुन जान्छ । त्यसैले पनि यसका वारेमा केही भन्नु यस लेखको मुख्य प्रयोजन हुन गएको छ । वि.सं.१९७१ फाल्गुन १७ गतेका दिन कालिकोटको लालुगाउँमा आमा गौरादेवी र बुबा ललितसिंह ऋक्सेन थापाको माइलो छोराका रूपमा जन्मिएका बलवीरसिंह ऋक्सेन थापा २० वर्षकै उमेरमा योगी बन्नुभएको हो ।

जुम्ला जिल्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीबाट नाथ परम्पराअनुसार दीक्षित भएपछि उहाँ योगी नरहरिनाथ बन्न पुग्नुभएको हो । नेपाल तथा भारतका विभिन्न गुरुकुलहरूबाट वेद, व्याकरण आदि विषयहरूको गहिरो अध्ययन गर्नुभएका उहाँ पशुपतिनाथको पारिपट्टी मृगस्थलीमा रहेको गोरक्षपीठका पीठाधीश एवम् धर्मरक्षार्थ स्थापित बृहद् आध्यात्मिक परिषद्का अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँले नेपालआमाका प्रति गर्नुभएको अनगन्ति सेवा त यी दुई चारओटा शब्दका माध्यमले के पो गर्न सकिन्थ्यो र ? तर पनि मेरो सामर्थ्यले भ्याएसम्म र सम्झेसम्मका उहाँका योगदानका विषयलाई निम्नलिखित बुँदाहरूका माध्यमले केही स्पष्ट पार्ने जमर्को गरेको छु – १. वैदिक साम्यवाद दर्शनका द्रष्टा राणाशासन एवम् राजाको सक्रिय कालमा पनि जनताका दुःखहरू शासक वर्गद्वारा सम्बोधित भएका थिएनन् । त्यसैले ती कुराहरूलाई लिएर जनताहरू जाग्नु त सामान्य नै थियो । तर जनता जगाउने नाममा विभिन्न विदेशी वादहरूका माध्यमले यहाँका धर्म, संस्कार, संस्कृति निमिट्यान्न पार्ने योजना विदेशी संस्थाहरूले बनाए एवम् हाम्रा नेता भनिनेहरू पनि त्यसैका पिछलग्गू हुन पुगे । जर्मनीमा जन्मिएका दार्शनिक कार्ल मार्क्सले उनका देशमा पादरीहरूले गरेका ज्यादतिका विरुद्धमा जागरणका लागि ल्याइएको आर्थिक साम्यवादको नारालाई नेपालमा कम्युनिष्टहरूले मार्क्सवादका रुपमा त काङ्ग्रेसले समाजवादका रूपमा लिएर आएका थिए । त्यो दर्शन पाश्चात्त्य देशका लागि उपयुक्त नै थियो । पादरीहरूले पाश्चात्त्य देशमा ज्यादती गरेका कुराहरूलाई यहाँ पनि त्यस्तै खालको भाष्य निर्माण गरी यहाँको हाम्रो धर्ममाथि नै हमला गर्ने काम गर्ने काममा केही मानिस लागेका थिए ।

उनीहरूले पाश्चात्त्य देशमा जस्तै गरी यहाँ पनि विकासको बाधक भनेका नै हाम्रा वैदिक सभ्यताहरू पनि हुन् भन्ने खालले जनै र टुप्पी काट्ने काम घुमाएर विस्तारै गर्दै थिए । यस्तो अवस्थामा दार्शनिक योगी नरहरिनाथले यसबाट कालान्तरमा हुने नकारात्मक असरको महसुस गरी यस लोक र परलोकको समेत चिन्तन गरी संसारमा रहेका सबै प्राणीहरूको सुख चाहने वेदोक्त वैदिक साम्यवादको व्यख्या गरी जनताहरूमा चेतना छर्ने काम गर्नुभएको थियो । उहाँद्वारा लिखित शिखरिणी यात्रा भन्ने पुस्तकमा वैदिक साम्यवाद दर्शनका बारेमा स्पष्ट व्याख्या गरिएको छ । २. नेपाल संस्कृत विश्वविद्यालयका सर्जक नेपाल पछि परेको असल शिक्षा, दीक्षा नहुनु हो भन्ने राष्ट्रगुरु विदेशी शिक्षाको घोर विरोधि हुनुहुन्थ्यो ।

भाषा जुन पनि जान्न सकिन्छ तर भाषाका नाममा नेपालीहरूलाई अङ्ग्रेजी परम्पराको गुलामी बनाउनु हुँदैन भन्ने दृढविचार उहाँमा रहेको थियो । २०२८ सालमा नयाँ शिक्षा लागु हुने वेलामा उहाँले त्यसको ठुलो विरोध गर्नुभएको थियो । हुन पनि २०२८ सालसम्मका पाठ्यक्रममा हामी ऋषिमुनिका सन्तान हौँ भनेर लेखिएकामा त्यसपछि लागु भएका पाठ्यक्रममा हामी वाँदरका सन्तान हौँ भनेर लेखिन थालेको पाइन्छ । त्यसैले पनि उहाँले २०२८ सालपछिको शिक्षालाई वाँदरे शिक्षाका रूपमा परिभाषित गर्नुभएको थियो । अतः हाम्रै सभ्यताको जननी संस्कृत शिक्षाका माध्यमले देशमा शिक्षा दिनुपर्दछ भन्दै उहाँकै विशेष पहलमा दाङ्‌मा २०४३ सालमा संस्कृत विश्वविद्यालयको स्थापना भएको थियो । तर संस्कृत विश्वविद्यालयले राष्ट्रगुरुको सपनाअनुसार काम गरेको छ या छैन, त्यहीँ कार्यरत हामीले जान्न पर्ने कुरो हो । गरेको भए त राम्रै भयो तर नगरेको भए एक सिद्धयोगीले चिम्टा गाडेर स्थापना गरेको विश्वविद्यालय भित्रका पदाधिकारी एवम् हामी सबै कार्यरतहरूको अन्त्येष्टि चाँडै नै नहोला भन्न सकिँदैन । ३. अन्वेषक, आशुकवि एवम् इतिहासविद् योगीजी कुशल अन्वेषक हुनुहुन्थ्यो । उहाँले यहाँ बोलिने भाषा-भेष जाति-जनजातिका बारेमा विशिष्ट अन्वेषण गर्नुभएको छ । विदेशीहरूले अन्टपन्ट लेखेर हामीलाई सिकाइएकाहरूले अहिले आएर उहाँद्वारा गरिएका अन्वेषणहरूको खोजी गर्ने बेला आएको छ । त्यस्तै इतिहा�

प्रतिक्रिया