ट्रम्पले जेलेन्स्कीलाई किन ह्वाइट हाउसबाट निकाल्न लगाए

एजेन्सी, १७ फागुन । अमेरिकाका यसपटकका राष्ट्रपति घुमाएर कुरा गर्दैनन् सिधा कुरा गर्छन् । उनले युक्रेन युद्ध अन्त गर्छु भनेका थिए चुनावअघि । युद्ध अन्तका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरिसके ।
वासिङ्टनमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई निम्तो गरे भेटका लागि । जेलेन्स्की भेटमा बसेपछि ट्रम्पले सिधै युद्ध अन्तको कुरा गरे । युद्धमा अमेरिकाले ४०० अर्ब खन्याइसकेको र अब खर्च नगर्ने मात्र भनेनन् रकम फिर्ता गर्ने उपायका लागि खनिजको कुरा गरे । तर, जेलेन्स्कीले नाटोको सदस्यता देखि गुमेको भूभाग फिर्ताको कुरा गरे ।
जेलेन्स्कीको कुरा सुनेर ट्रम्पले तेस्रो युद्ध खोजेको भनी प्रश्न गरे । त्यसपछि जेलेन्स्कीले आवेग देखाए । यो आवेग सार्वजनिक रुपमै देखाइदिए ट्रम्पले । १० मिनेटको भेटपछि ट्रम्पले जेलेन्स्कीलाई व्हाइट हाउसबाट निकाल्न लगाए ।
सँसारको इतिहासमा एउटा देशको राष्ट्रपतिले अर्को देशको राष्ट्रपतिलाई भेटकै दौरान राष्ट्रपति भवनबाट निकाल्न लगाएको यो सम्भवत पहिलो घटना हो । ट्रम्पको सिधा सिधा कुरा गर्ने शैली र कठोर व्यवहारले सँसार नै तरंगित छ अहिले ।