१० बैशाख २०८३, बिहिबार | April 23, 2026

फुटाउ र राज गर !!


February 28, 2025
913
Shares
मोहन लामा रुम्बा: भारतमा सन् १८५७ मा अंग्रेजको उपनिवेश विरुद्धमा भएको सिपाही बिद्रोह पछी अंग्रेजले आफ्नो उपनिवेशलाई दीर्घकाल सम्म कायम गरिराख्ने हो भने “फुटाउ र राज गर” भन्ने निति लिनुपर्छ भन्ने रणनीति लिए संगै त्यसपछिका दिनदेखि सुरु हुन्छ भारतमा धार्मिक सामाजिक बिभाजनको सृङ्खला।
बहुसंख्यक हिन्दु बाहुल्य भएको भारतमा सबैभन्दा पहिलो तारो हिन्दु बन्न पुग्छ, त्यसको कथाव्यथा अनगिन्ती छ त्यतातिर नलागि झन्डै झन्डै एक डेढ करोड शिख धर्म रहेकोे भारतमा हिन्दु बाट कसरी अलग्याएर अलग्गै एउटा धर्म बनाएर अंग्रेज गएको थियो भनेर सर्सर्ती एकपटक हेरौं !
-सन् १८८२ मा म्याक्स अर्थर म्याक्लिफ (Max Arthur Macauliffe) नाम गरेका एक अंग्रेज अफिसर डेपुटी गभर्नर नियुक्त भएर पञ्जाबमा आउँछ।
पञ्जाबमा आएपछि सबैभन्दा पहिला शिख धर्मको अध्यन गरेर शिख धर्मको गुरु ग्रन्थलाई अंग्रेजीमा अनुवाद गर्ने पहिलो व्यक्ति यिनै बन्छ। यिनैले “The Sikh Religion: Its Gurus, Sacred Writings and Authors” पुस्तक लेखेर सबैभन्दा पहिला “शिख धर्म हिन्दु होइन” भनेर पुस्तक लेखेर पश्चिमी समाजमा प्रचारप्रसार गर्छ र अंग्रेज सरकारमाथि शिख धर्मलाई अलग्याउन दबाब दिने काम गर्छ।
म्याक्स अर्थर म्याक्लि हिन्दु धर्मलाई कतिसम्म घृणा गरेर लेख्थे भने – “हिन्दु धर्म अजिङ्गर जस्तो हो, यो आफ्नो प्रतिद्वन्दीलाई चारैतिर घुमेर त्यसलाई बेर्छ र बिस्तारै त्यसलाई पुरै निल्छ, हिन्दु धर्म त्यस्तै छ र अहिले शिख धर्मलाई बेरेर राखेको छ, यो नयाँ शिख धर्म अहिले आफ्नो अस्तित्वको लागि संघर्षरत छ। यदि शिख धर्मले राज्यसत्ता बाट समर्थन सहयोग गरेन भने यो धर्म पुरै नष्ट भएर जानेछ।” भनेर अंग्रेज सरकारलाई नै धर्म बिभाजनमा उत्रनुपर्ने भनेर लेख्छन्।
म्याक्स अर्थर म्याक्लिफले शिख धर्मलाई हिन्दु बाट अलग्याउन त्यतिबेलाका पढेलेखेका हुनेखाने पञ्जाबी शिखहरुलाई प्रलोभनमा पारेर आफ्नो अभियानमा जोड्छ, त्यसै मध्येका भाइ कानसिंह नाभा नाम गरेका एकजना व्यक्ति थिए र तिनलाई प्रयोग गरेर सन् १८९८ मा पञ्जाबी भाषामा “असीं हिंदू नइं” अर्थात “हामी हिन्दु होइन” शिर्षकमा पुस्तक लेखाउँछ।
जसरी नेपालमा बहुदलीय व्यवस्था आएपछि INGO द्वारा बामपंथी कार्यकर्ताहरुलाई प्रयोग गरेर यो चाडपर्व हिन्दुको हो हामी हिन्दु होइन भन्ने अभियान चलाउने देखि पुर्वी नेपाल बाट “हामी हिन्दु होइन मंगोल हौं” भन्दै गोपाल गुरुङलाई प्रयोग गरेको जस्तै त्यहाँ कानसिंह नाभालाई प्रयोग गरेर हिन्दु प्रति घृणा जगाउँदै “हामी हिन्दु होइन” भन्ने पुस्तक लेखाएर उक्त पुस्तकलाई अंग्रेज सरकारले सर्वसाधारण सम्म हात-हातमा पुर्याउने तारताम्य मिलाउने काम गर्छ।
पञ्जाबमा हिन्दु बाट शिख धर्मलाई अलग्याएर लैजान शिख समुदायलाई विश्वासमा पार्नलाई म्याक्स अर्थर म्याक्लिले आफुले इसाई धर्म छोडेर शिख धर्म अंगालेको भनेर विश्वास दिलाएर काम गरेको हुन्छ। ठिक यही काम सन् १८९० मा श्रीलंकामा तामिल हिन्दु संग बौद्धलाई अलग्याएर दुई समुदाय बिचमा घृणा उत्पन्न गर्न कर्नेल हेनरी स्टिल अलकटले गरेको थियो, उनलेे पनि मैले इसाई धर्म त्यागेर बौद्ध धर्म अंगाले भन्दै अब बौद्ध धर्मलाई शुद्धता बनाउन पर्छ भन्दै हजारौं वर्ष देखिन तामिल र सिंहलीले संयुक्तरूपमा मान्दै आइरहेको स्थानीय साझा चाडपर्वहरु जस्तैः पोंगल पर्व,कन्दन पूजा,कोहम्बा कंकारीया पर्व जस्ता चाडपर्वहरु बौद्ध ग्रन्थमा नभएको भन्दै बाहिस्कार गराउन लगाउँछ।
ठिक यसैगरी म्याक्स अर्थर म्याक्लिफले पनि पञ्जाबमा बसेर शिख धर्मलाई सनातन हिन्दु बाट अलग्याउन शिख धर्मको पुजा पद्धतिको नियम समेत नयाँ रुपरेखा कोरेर खालसा पुजा यसरी गर्नुपर्छ, सेनामा भर्ती भएको शिखले सपथ यसरी खानपर्छ भन्दै ससाना साँस्कृतिक आयामहरु पनि लेखेर नयाँ संस्कारको विकास गर्छ।
शिख धर्मलाई शुद्धता गर्ने भन्दै शिख अगुवाहरुलाई अगाडि सारेर सामाजिक आन्दोलन सुरु हुन थाल्छ, आन्दोलनको पर्दा पछाडी त अंग्रेज छँदै थियो यसरी शिख धर्म भित्र “खालसा” सम्प्रदायलाई स्थापित ग�

प्रतिक्रिया