१६ फाल्गुन २०८१, शुक्रबार | February 28, 2025

राज्यलाई भार बोकाएर कार्यकर्ता व्यवस्थापनमा एमाले सक्रिय, टेलिभिजनमा आफ्ना मान्छे घुसाउँदै महेन्द्र बिष्ट


February 28, 2025
3.8k
Shares

काठमाडौं, १६ फागुन । नेकपा एमाले कार्यकर्ता व्यवस्थापनका लागि राज्यलाई आर्थिक भार बोकाउँदै आएको छ । उसले हालैमात्र सार्वजनिक सेवा प्रसारण नेपाल गठन गरी आफ्ना कार्यकर्ता महेन्द्र बिष्टको व्यवस्थापन गर्यो । नेपाल पत्रकार महासंघका सभापति भइसकेका बिष्टलाई नेपाल टेलिभिजन, रेडियो नेपाल समेत हेर्ने टाउके निकाय बनाएर सुविधा दिइएको छ ।

उक्त संस्थामा सचिवलगायत दर्जनौं कर्मचारीको भार पनि राज्यले व्यहोर्नुपरेको छ । अब उनै बिष्टले धमाधम कार्यकर्ता भर्तीको सूचना निकाल्न थालेका छन् । नेपाल टेलिभिजनमा २ जना अंग्रेजी समाचार वाचक र ५ जना नेपाली समाचार वाचको करार सेवामा दरखास्त आव्हान गरेका छन् ।

विश्वस्त स्रोतका अनुसार यी पदहरुमा क कस्लाई राख्ने भन्नेबारे अग्रिम टुंगो लागिसकेको छ । उनीहरुको व्यवस्थापनकै लागि सूचना निकालिएको छ । १२ फागुनमा निकालिएको सूचनापछि थप कार्यकर्ता व्यवस्थापनको सूचना पनि आउने बुझिएको छ ।

प्रतिक्रिया