युएसएआइडीको अनुदान बन्द भएपछि भारतमा ट्रान्सजेन्डर क्लिनक बन्द

एजेन्सी, १५ फागुन । भारतको पहिलो ट्रान्सजेन्डर क्लिनिक बन्द भएको छ । अमेरिकी सहयोग बन्द भएपछि उक्त क्लिनिक बन्द भएको हो ।
भारतको पहिलो ट्रान्सजेन्डर क्लिनिकमा मानसिक स्वास्थ्य, सामान्य स्वास्थ्य सल्लाह, उपचार, कानुनी र सामाजिक सेवाको पहुँच उपलब्ध गराउँदै आएको थियो ।
मित्र नामको क्लिनिक २०२१ मा हैदरावादमा खोलिएको थियो । यसको थप शाखाहरु मुम्बई र पुणेमा पनि खोलियो ।
अमेरिकी रिपब्लिकन सिनेटर जोन केनेडीले युएसएआइडीले भारतको ट्रान्सजेन्डर क्लिनिकका लागि रकम दिएकोमा प्रश्न उठाएका थिए ।