बँगलादेशको सेनापतिद्वारा नेताहरुलाई चेतावनी, सैनिक कू को संकेत

एजेन्सी, १५ फागुन । बँगलादेशका सेनापति जनरल वाकेर उज जमानले राजनीतिक दलका नेताहरुलाई चेतावनी दिएका छन् । उनले नेताहरु आपसी झगडा गर्दा देशको सार्वभौमिकता खतरामा पर्न सक्ने औल्याएका छन् ।
मंगलबार सार्वजनिक रुपमा बोल्दै जनरल जमानले भने, ‘म तपाईँहरुलाई चेतावनी दिन्छु । भविष्यमा मैंले केही भनेको थिइनँ भन्न पाउनुहुन्न ।’ उनको संकेत सेनाले कुनैपनि बेला चाल्ने सक्ने कडा कदम नै थियो ।
पछिल्लो समय बँगलादेशको सेनामाथि अतिवादीले हमला गरेका छन् । यो घटनापछि सेना कडा रुपमा प्रस्तुत हुने संकेत मिल्न थालेको छ ।
शेख हसिनालाई विद्यार्थी आन्दोलनका नाममा ग्रान्डडिजाइनमा देशबाट भाग्न वाध्य बनाइएपछि बँगलादेशमा अस्थिरता बढेको छ । हिन्दूहरुमाथि योजनावद्ध आक्रमण भइरहेका छन् । यसले स्थिति झन् बिग्रदै गएको छ ।
यूरोपमा बसिरहेका नोबल पुरस्कार विजेता मुहम्मद युनुसलाई सरकार प्रमुख बनाइएको छ । तर, उनले स्थिति सम्हाल्न सकेका छैनन् । युनुस सरकारले देशलाई अन्धकारमा धकेलेको छ । लोडसेडिङ बढेको छ । आर्थिक अवस्था डामाडोल छ । उद्दोगधन्दा बन्द भएका छन् भने दशौं लाखको रोजगारी गुमेको छ ।
बँलादेशको अवस्था बिग्रदै गएपछि सेना सतर्क बनेको छ । सेनाले कुनैपनि बेला कू गर्ने या पछाडिबाट राजनीतिक हस्तक्षेप गरी अर्को सत्तापलट गराउने विश्लेषण हुन थालेको छ । शेख हसिनालाई फेरि बँगलादेश फर्कने अवस्था बनाउने प्रयास पनि चलिरहेको छ ।