१४ फाल्गुन २०८१, बुधबार | February 26, 2025

बालेन र हर्कलाई प्रचण्डले किन भने ‘आफ्नो मान्छे’


February 26, 2025
1.8k
Shares

काठमाडौं, १४ फागुन । आजकल माओवादी अध्यक्ष प्रचण्ड जहाँ जान्छन् त्यहाँ काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका उपमेयर हर्क साम्पाङलाई आफ्नो मान्छे भन्छन् । उनी दुवैको खुबै प्रशंशा गर्छन् ।

प्रचण्डले बुधबार विराटनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बालेन र हर्क आफ्नो मान्छे ठानेको बताए । उनले अहिलेको परिवर्तन आफ्नै कारणले आएको भन्दै यसैबाट बालेद र हर्कको उदय भएको तर्क गरे । प्रचण्डले बालेन र हर्कबारे भने, ‘मैंले उनीहरुलाई लोकतन्त्रको फूलबारीको फूल भनिसकेको छु । म त्यहाँबाट दायाँबायाँ छैन । उनीहरुलाई मैंले आफ्नै मान्छे ठान्छु ।’
देशमा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रमुख हुनुपर्नेमा जोड दिदै बालेन साह वा हर्क साम्पाङ जो नेतृत्वमो आएपनि फरक नपर्ने बताए ।

प्रचण्डले बालेन र हर्कलाई आगामी चुनावलाई लक्षित गरी सहकार्यको प्रस्ताव पनि गरिसकेको विश्वस्त स्रोतले बताएको छ । दुवैबाट सकारात्मक जवाफ आएपछि प्रचण्ड हौसिएका छन् । उनी बालेन र हर्कलाई आफ्नै मान्छे भन्दै हिंडेका छन् ।-Photo Source: Routine of Nepal Banda

प्रतिक्रिया