ट्रम्पले सत्ता सम्हालेसँगै पश्चिमा देशमा धमाधम सरकार परिवर्तन

एजेन्सी, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि पश्चिमा देशमा धमाधम सरकार परिवर्तन हुन थालेका छन् । कतिपय देशमा सरकार प्रमुखले राजीनामा दिएका छन् ।
जर्मनीमा कन्जरभेटिभ नेता फ्रेडरिक मर्जले चान्स्लर बन्ने भएका छन् । निर्वाचनमा उनको दल सीडीयु पहिलो बन्यो । इलन मस्कको समर्थन पाएको भनिएको दक्षिणपन्थी दल एएफडी दोस्रो स्थानमा आयो । चान्सलर ओलाफ स्कोल्जको एसपीडी तेस्रो स्थानमा झर्यो ।
क्यानडामा जस्टिन ट्रडेउले ट्रम्प जितेलगत्तै राजीनामा दिइसके । ट्रम्पको दबाबले उनी राजीनामा दिन वाध्य भए ।
युक्रेनमा भ्लादिमिर जेलेन्स्की राजीनामा दिन वाध्य हुँदैछन् । उनको सरकारको दिनगन्ती चलिसकेको छ ।
यूरोपका कतिपय देशमा सरकारहरु संकटमा छन् । ट्रम्पको जितसँगै अहिलेको सरकारका नेतृत्वकर्ताहरु संकटमा पर्दै गएका छन् ।