१० फाल्गुन २०८१, शनिबार | February 22, 2025

सहकारी पीडितले आन्दोलनको आधीबेहरी ल्याउने


February 21, 2025
1.8k
Shares

काठमाडौं, ८ फागुन । देशभरका सहकारी पीडितले आन्दोलनको आधीबेहरी ल्याउने भएका छन् । उनीहरुले सहकारीमा डुबेको रकम फिर्ता गराउन सरकारले तत्काल कदम नचालेसम्म देशभर निरन्तर आन्दोलन गर्ने भएका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशल खत्रीले आफूहरुलाई झुटा आश्वासन दिएर अलमलाउन खोजिएको भन्दै रकम फिर्ता नभएसम्म आन्दोलन नरोकिने बताए । उनले काठमाडौंमा संसद भवन बानेश्वर अगाडि प्रदर्शन गर्ने समेत बताए ।

सहकारी पीडितमा मनोवैज्ञानिक त्रास फैलाउन खोजिएकोमा गम्भीर आपत्ति जनाउँदै खत्रीले भने, ‘पीडित नै पीडकसँग डराउनुपर्ने अवस्था सरकारले नै बनाइरहेको छ ।’ उनले सहकारीको बचत सुरक्षा र फिर्ताको दायित्व सरकारले लिनुपर्ने भन्दै न्याय नपाएसम्म सडक नछाड्ने बताए ।

सहकारी ठगी गर्नेहरुलाई नाटकीय तरिकाले सजाय दिने नाममा रकम फिर्ता नहुने परिपाठी विगत देखि नै रहेको भन्दै जनताको धनको सुरक्षा गर्ने जिम्मा लिएको सरकारले नै रकम फिर्ता गर्नुपर्नेमा उनको जोड थियो ।

सहकारी पीडितको निक्षेप सुरक्षा र फिर्ताको जम्मेवारी सरकारले लिनुपर्ने भन्दै अधिवक्ता ध्र्रुवलाल श्रेष्ठ र महासंघका अध्यक्ष कुशल खत्रीले दायर गरेको रिटमा चैत्र १८ गते फैसला हुने तोकिएको छ । न्यायको पक्षमा फैसला हुनेमा आशा व्यक्त गर्दै खत्रीले देशभर आवाज बुलन्द बनाइराख्न आव्हान समेत गरे ।

प्रतिक्रिया