मृत्यु भइसकेका दशौं लाखको नाममा वृद्धभत्ता लिइएको ट्रम्पको खुलासा

एजेन्सी, ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सनसनीपूर्ण खुलासा गरेका छन् । उनले अमेरिकामा मृत्यु भइसकेका दशौं लाखले सामाजिक सुरक्षा भत्ता लिइरहेको खुलासा गरेका हुन् ।
ट्रम्पले बुधबार कार्यकारी निर्देशनमा हस्ताक्षर गर्दा बोल्दै ३६० वर्षको उमेरका समेत वृद्ध भत्ता लिइरहने सूचीमा रहेको बताए ।
ट्रम्पको विवरणमा अमेरिकामा २०० देखि २०९ वर्ष उमेर समूहका ८७९ जना छन् । उनीहरुले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । २२० देखि २२९ वर्ष उमेर समूहका १०३९ जना भेटिएका छन् ।
९० देखि ९९ वर्षसम्मका ६० लाख ५४ हजार, ९९ देखि १०९ वर्षसम्मका ४७ लाख ३४ हजार, १२० देखि १२९ वर्ष उमेर समूहका ३४ लाख ७२ हजार, १३० देखि १३९ उमेर समूहका ३९ लाख ३६ हजार, १४० देखि १४९ उमेर समूहका ३५ लाख ४२ हजार, १५० देखि १५९ वर्ष उमेर समूहका १३ लाख ४५ हजार, १६० देखि १६९ उमेर समूहका १ लाख २१ हजार, १७० देखि १७९ ६ हजार ८७, २०० देखि २०९ उमेर समूहका ८७९ जना, २१० देखि २१९ वर्षका ८६६ जना, २२० देखि २२९ एक हजार ३९ जना, २४० देखि २४९ सम्मको एकजना र एकजना ३६० वर्ष उमेर समूहका छन् ।